एसियाकै अग्लो मूर्ति नेपालमा :
भगवान् शिवको दर्शन गर्न पशुपतिमा भक्तजनहरूको भीड लाग्ने गर्छ । तर, अब केही महिनाभित्रै यस्तो भीड साँगामा लाग्ने सम्भावना छ । अहिले पनि दैनिक चार सयको हाराहारीमा मानिसहरूको घुइँचो लाग्न थालिसकेको छ । काभ्रे र भक्तपुरको संगमस्थल साँगामा एसियाकै अग्लो शिवको मूर्ति छिट्टै स्थापित हुँदैछ । एक हातमा त्रिशूल बोकेको यो मूर्तिको उचाइ १ सय ८ फिट रहेको छ । विगत तीन वर्षदेखि सुरु भएको मूर्ति निर्माण कार्य आउने शिवरात्रि अगाडि नै सम्पन्न भइसक्नेछ ।
मूर्ति निर्माण कार्यमा पाँच जना भारतीय मूर्तिकार र एक सयभन्दा बढी नेपाली कामदारहरू खटेका छन् । आफूलाई भगवान् शिवको भक्त भन्न रुचाउने हिलटेक कम्पनीका मालिक कमल जैनले यसको निर्माण कार्यमा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने भएका छन् । र, परकिल्पनाचाहिँ भारत राजस्थानका इन्जिनियर मातुराम बर्माले गरेका हुन् । १८ वर्षअघि पानी ट्यांकीको व्यापार गर्न नेपाल आएका जैनको नेपाल सर्वाधिक पि्रय मुलुकभित्र पर्छ । दिल्लीको गुडगाउँमा ६५ फिट अग्लो मूर्ति देखेपछि त्यसैको सिको उनले नेपालमा गर्न खोजेका हुन् । "यसले नेपालको पर्यटनमा सहयोग पुर्याउने आशा छ," निर्माणकर्ता जैनले भने । दुई करोड रुपियाँभन्दा बढी खर्च भइसकेको यो मूर्तिबारे डकुमेन्ट्री पनि चाँडै बजारमा आउँदैछ ।
source:nepal