INFORMATIONS:

¤इन्टरपोलको रेडकर्नरमा २४ नेपाली :
¤MISS WORLD 2009 :
¤अकासियो घरजग्गा:
¤घामसँगै घुम्ने घर:
¤२३ करोड पर्ने मोबाइल :
¤जहाँ मानिसको रगत चढाइन्छ :
¤पोखरामा विश्व कीर्तिमान :
¤चीनको सहयोगमा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल ::
¤फेसबुक चलाउनेको संख्या ३५ करोड पुग्यो :
¤एसियाकै अग्लो मूर्ति:
¤विनापैसा एक वर्ष :
¤अंग्रेजीमा पनि विवरण भएको नागरिता वितरण सुरु:
¤लण्डनमा तुहिँदैछ सपना :
¤अष्ट्रेलियामा नेपाली विद्यार्थीको पीडा:
¤बेलायतमा नेपाली विद्यार्थी :
-----------------------------------------------------------------------
युएईमा के के लिएर जानु हुँदैन ?

काठमाडौँ, असोज ३० (नागरिक)- संयुक्त अरब इमिरेट्स (युएई) को कानुन अनुसार निषेध गरिएका सामान बोकेर आएमा लामो समयसम्म जेलमा बस्नु पर्ने भएकोले सचेत हुन अबुधावीस्थित नेपाली राजदूतावासले अपील गरेको छ।
साथमा लिएर यात्रा गर्न नहुने चीजहरु:
क) गांजा, चरेश, भाङ, धतुरो तथा यी चिजहरुबाट बनेका अचार लगायतका पदार्थहरु
ख) मर्चा, जाँड, रक्सी, बियर तथा अन्य घरेलु मदिराजन्य उत्पादनहरु
ग) अश्लील (नग्न तथा अर्धनग्न) तस्विर भएका किताब, पत्रपत्रिका, सीडी लगायतका कुराहरु
दूतावासले 'विगत एक वर्ष यता पक्राउ परी सेन्टर जेल अबुधावी लगायतका युएइमा रहेका अन्य जेलहरुमा सजाय भोग्ने नेपालीहरुको संख्या बढ्ने क्रममा रहेको बताएको छ।
धेरैजस्तो अवस्थामा नेपालीहरुले यहाँको कानुनबारे थाहा नपाएर नै जेल जानुपरेको हो। दूतावासले भनेको छ, कानुनबारे ज्ञान छैन भन्दैमा अपराध क्षमायोग्य हुँदैन।
एक पटक जेल परेपछि ती व्यक्तिको सामाजिक, नैतिक तथा मानसिक जीवनमा गम्भीर असर पर्न सक्ने भएकोले अपीललाई गम्भीरताका साथ लिई आफू र अरुलाई सतर्क गराउन दूतावासले आग्रह गरेको छ।

SOURCE:nagariknews.com

सन् २०१२ मा अन्तरिक्षमा होटल खोल्ने तयारी :

बार्सिलोना, कात्तिक १८ (एजेन्सी)- आलोचकहरूले लगानी र समयसीमाबारे प्रश्न उठाएपनि अन्तरिक्षमा लाखौं खर्च गरेर पहिलो होटल खोल्ने योजनामा रहेको एक कम्पनीले सन् २०१२ सम्ममा पहिलो पाहुना स्वीकार्ने लक्ष्य राखेको छ।
बार्सिलोनामा रहेको आर्टिकेट लागाक्टिक सुइट स्पेस रिसोर्टले तीन रात होटलमा बिताउने व्यक्तिले ३ अर्ब ३३ करोड २० लाख रुपैयाँ तिर्नुपर्छ। यसमा ८ सातासम्म उष्ण द्वीपमा दिइने तालिमको समेत रकम समावेश छ।
सो होटलमा बस्दा, अतिथिले एक दिनमा १५ पटक सूर्योदय हेर्न सक्ने छन् र प्रत्येक ८० मिनेटमा पृथ्वीको भ्रमण गर्न सक्छन्। भेर्ल्को सुट लगाउने अतिथिले पोड रूपमा स्पाइडर म्यानले जस्तो भित्तामा हिँड्न सक्छन्।
गालाक्टिक सुट लिमिटेडका कार्यकारी अधिकृत पूर्व अन्तरिक्ष यानसम्बन्धी इन्जिनियर जेभियर क्लामामुन्तले अहिले यो परियोजना शिशु जस्तो भए पनि यसको भविष्य राम्रो भएको बताए। अन्तरीक्ष पर्यटन उद्योगका लागि न्यू मेक्सिकोस्थित अमेरिकी स्पेसपोर्ट निर्माण कार्य जारी छ। बेलायती टाइकुन रिचार्ड ब्रानसनले भर्जिन गालाक्टिकले सो केन्द्र प्रयोग गरेर अन्तरिक्षमा पर्यटन गर्ने योजनामा रहेको बताए।
सन् २००७ मा स्थापना भएको लागाक्टिन सुट लिमिटेडले आफ्नो परियोजना ४ सय ५० किलोमिटर माथि रहने एउटा पोडबाट सुरु गर्ने योजना बताएको छ। प्रत्येक घण्टा ३० हजार किलोमिटरको यात्रा गर्ने सो पोडमा चार जना पाहुना र २ जना अन्तरिक्ष पाइलट रहन सक्नेछन्।
सो कम्पनीले २ सय भन्दा बढीले अन्तरिक्ष योजना गर्ने अपेक्षा लिएको छ। अहिले कम्तीमा ४३ जनाले सो होटलमा बस्न आफ्नो नाम लेखाइसकेका छन्। तर आलोचकहरूले भने समयतालिका र परियोजनाका लागि आवश्यक पर्ने रकम कहाँ बाट आउछ भनेर प्रश्न उठाएका छन्। सो परियोजनाका कार्यकारी अधिकृत क्लारामुन्तले एक नाम सार्वजनिक गर्न नचाहने अन्तरिक्ष प्रति रुची रार्खे अर्बपतिले परियोजनाका लागि तीन अर्ब अमेरिकी डलर प्रदान गरेको बताएका छन्।

source:nagariknews.com


७० करोड मानिस देश छाड्न चाहन्छन् :


वासिंगटन, कात्तिक १९ (एजेन्सी)- विश्वभरका करिब ७० करोड मानिस अर्को देशमा स्थायी रूपमा बसाइँ सर्न चाहने एउटा सर्वेक्षणले देखाएको छ।
गालोप पोल्सले १ सय ३५ वटा देशमा सन् २००७ देखि सन् २००९ सम्म गरेको सर्वेक्षणमा अफ्रिकाको साहारा उप-क्षेत्रमा रहेका देशका बासिन्दा विदेशमा स्थायी रूपमा बस्न चाहनेको सूचीमा शीर्ष स्थानमा देखिएका छन्।
साहारा उप-क्षेत्रका ३८ प्रतिशतले अर्को देशमा स्थायी बसोबास गर्ने मौका पाए जाने बताएका छन्। सो क्षेत्रका देशमा १६ करोड ५० लाख जनसंख्या छ।
यसरी बसाइँ सर्न चाहने देशमा अमेरिका अग्रस्थानमा स्थान देखिएको छ। बसाइँ सर्न चाहने ४ मध्ये १ जनाले अमेरिकालाई स्थायी बसोबासका लागि छनौट गरेका छन्। यसअनुसार करिब १६ करोड ५० लाख मानिस अमेरिकामा स्थायी रूपमा बसाइँ सर्न चाहन्छन्।
दोस्रो स्थानमा बेलायत, क्यानडा र फ्रान्स परेका छन्। ती प्रत्येक देशमा स्थायी बसोबास गर्न करिब ४ करोड ५० लाखले इच्छाएका छन्।
स्पेनमा जान चाहनेहरूको संख्या ३ करोड ५० लाख, साउदी अरबमा ३ करोड छ। जर्मनी तथा अष्ट्रेलिया प्रत्येकमा २ करोड ५० लाख मानिसले बसोबास गर्न इच्छा गरेका छन्।
आप्रवासी बन्न चाहनेमा एसियाली सबैभन्दा कम छन्। १० वयस्क एसियालीमध्ये एकले मात्रै यस्तो चाहना व्यक्त गरेका छन्।
सर्वेक्षणमा १५ वर्ष र सोभन्दा बढी उमेरका करिब २ लाख ६० हजार मानिस सहभागी थिए। उनीहरूसँग कुराकानी वा टेलिफोनबाट सम्पर्क गरिएको थियो। गालोपले पाँच प्रतिशत इरर मार्जिन तोकेको छ।

source:nagariknews.com