सल्यान मंसिर ७ (रासस)- रोल्पा जिल्लाको मध्यभाग हुँदै सल्यान जिल्लाको मध्यभागको आकाशमा तीन दिनदेखि लगातार सुपर सोनिक नामक भारतीय फाइटर विमान घुमिरहेको छ।
नेपालको मध्यपश्चिम क्षेत्रअन्तर्गत सल्यान रोल्पा जिल्लाका विभिन्न भागहरुमा तीन दिनदेखि लगातार उक्त फाइटर घुमिरहेकोमा स्थानीयवासीहरु चिन्तित भएका छन्।
आकाशमा हेर्दा पछाडि पट्टि धुवाँको मुस्लो फाल्दै उक्त विमान उडिरहेको देखिन्छ। यस विषयमा जिल्लास्थित सुरक्षा निकायसँग जानकारी लिँदा सुरक्षा निकायले समेत आकाशमा उक्त विमान उडेको देखे पनि सो बारे स्पष्ट हुन नसकिएको जानकारी दिए।
यस विषयमा गृहमन्त्रालयमा जानकारी गराउने सुरक्षा निकायले जानकारी दिएको छ।
उक्त फाइटर विमान राति पनि अकाशमा उडेको आवाज आएको स्थानीय बासिन्दाले जनाएका छन्।
source:nagariknews