उपेन्द्र लामिछाने, वीरगन्ज कात्तिक २४– कृषि तथा सहकारी राज्यमन्त्री करिमा वेगमले मंगलबार दिउसो पर्साका प्रमूख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीमाथी जिल्ला प्रशान कार्यलयभित्रै हातपात गरेको घटनालाई फोरम लोकतान्त्रीकले 'असोभनीय' भन्दै बुधबार बस्ने पार्टी वैठकमा गंभिर छलफल हुने जनाएको छ।
एभिन्यूज च्यानललाई मंगलबार दिउसो उक्त घटनाको बारेमा प्रतिक्रीया दिदै फोरम लोकतान्त्रीकका प्रवक्ता जितेन्द्र देवले जुनसुकै वाहानामा पिटेको भएपनि उक्त कार्य 'असोभननीय' रहको बताए। 'यस बारेमा थप कुरा बुझ्न वाँकी छ ', उनले बताए - 'जुन सुकै वाहानामा उक्त कार्य गरेको भएपनि त्यो असोभनीय कार्य हो।'
फोरम लोकतान्त्रीकको तर्फबाट सरकारमा सामेलभएकी मन्त्री वेगमले मंगलबार दिउसो डेढ बजेतिर पर्साका प्रमूख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई उनकै कार्यकक्षमा पिटेकी हुन्। ३०-३५ जनाको समूहमा गएकी उनले भण्डारीलाई भेट्ने वित्तीकै पिट्न थालेकी थिइन्।
'मैल्ये केही भन्न पाइन् ', प्रमूख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीले भने भने - 'उनले पटापट पिट्न थालीन्। ' आफुले पिटाई खाएपनि मन्त्री तथा सभासद् भएकाले केही प्रतिकार नगरेको उनले बताए। 'उनले मेरो चस्मासमेत फोडिदिइन् ', भण्डारीले थपे - 'मन्त्रीले यस्तो कार्य गर्न सुहाउदैन भन्दा झनै आक्रोसीत भइन्।आफुले यस घटनाकको बारेमा तत्कालै गृहमन्त्रीलाई जानकारी गराएको समेत भण्डारीले सुनाए। 'मन्त्रीज्यू ले मन्त्रीपरिषदमा यो कुरा राख्छु भन्न भयो ', भण्डारीले थपे - 'प्रमूख जिल्ला अधिकारीलाई नै पिट्नेले जिल्लाका अन्य कर्मचारीलाई के गर्लान् भन्ने भण्डारीको प्रतिकृया छ।' घटनापछि जिल्लाका सरकारी कार्यलय एंव जिल्ला प्रशासन कार्यलय बन्द भएका छन्।
source:nagariknews.com