माओवादीले भारतीय सेनाध्यक्षको अभिव्यक्तिबारे स्पष्ट धारणा सार्वजनिक गर्न भारतलाई आग्रह गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहालले आइतबार बिहान भारतीय राजदूत राकेश सूदलाई भेटेर सेनाध्यक्ष दीपक कपुरको भनाइबारे स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरेका हुन् । कपुरले एक साताअघि भारत भ्रमणमा गएका प्रधानसेनापति छत्रमानसिंह गुरुङलाई माओवादी लडाकुलाई समूहगत रुपमा नगाभ्न आग्रह गरेका थिए । कपुरको भनाइप्रति आपत्ति जनाउँदै माओवादीले बानेश्वरको बिरोध सभा र संसदमा समेत कडा आपत्ति जनाएको थियो ।भेटमा दाहालले नेपालको सरकार गिराउने र बनाउने खेलमा भारत लागेको आरोप लगाउँदै त्यस्ता कृयाकलाप नगर्न आग्रह गरेको माओवादी प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए । दाहालले चीन, भारत र नेपालसमेत सहभागी भएर त्रिपक्षीय सहमतिको खाँचो औंल्याएका थिए ।जवाफमा राजदूत सूदले माओवादीको सन्देश भारत सरकारसमक्ष पुर्याउने बताए । माओवादी अध्यक्ष दाहाललाई भेटेलगत्तै सूद आइतबार नै नयाँदिल्ली गएका छन्
source:kantipurnews