कास्की, २०६६ मंसिर २९ - कास्कीकोटबाट पोखरा आउदै गरेको यात्रुवहाक बस सोमबार बिहान सराङकोटको साउनेपानीमा बिहान १० बजे दुर्घटनाग्रस्त हुदाँ १२ जनाको मुत्यु भएको छ ।
मुत्यु हुनेमा कास्कीकोट-८ का गोपाल गिरी ५८, कास्कीकोट-२ का गोपी सुनार ५५, गिरीमाया सुनार ४५, कास्कीकोट-८ शिव गिरी २२ र सुर्दशन श्रेष्ठ ३, कास्कीकोट-६ की विमला कार्की १६, कास्कीकोट- ७ का कुष्णबहादुर थापा ५८, कास्कीकोट ६ की मिना कार्की ३५, सेतु त्रिपाठी ६०, तेजबहादुर कार्की ४५, सराङकोट-५ का कपिलमणि तिमिल्सना ६०, सराङकोट-३ की विमला तिमिल्सिना २२ रहेको प्रहरीले जनाएको छ । मुत्यु हुनेमा ६ पुरुष, एक नाबालक र ५ महिला रहेका छ्न । घटनामा ३२ जना घाइते मध्ये १३ गम्भीर अबस्थामा रहेको अस्पतालले जनाएको छ ।
घाइतेहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचार भइहरेको छ । घाइते तथा मृतकका आफन्तको अस्पतालमा भीड लागेको छ । धेरै आफन्तहरु अस्पतालमा रोइरहेका छन् ।
ना३ख ६२८६ नम्बरको बस सडकबाट करीब डेढ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताए । प्रत्यक्षदर्शी रिपबहादुर अधिकारीका अनुसार बसमा क्षमता भन्दा बढी यात्रु रहेकाले दुर्घटना भएको हो । बसमा करिब ६० जना यात्रु रहेको प्रहरीले जनाएको छ । घटना के कसरी भयो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
source:kantipur