पुर्खौदेखि बसोबास गर्दै आएका गुलरिया नगरपालिका-९ चैगुर्जीका ६० बर्षिय नवजात धोबीको पुस्तौली जग्गा अहिले भारतको सिमामा छ। लालपुर्जा छ नेपालको, जग्गा भारतमा पर्छ।सिमावर्ती चौगुर्जी बस्ने धोबीले भने,यही गाँउका नेपाली जग्गाको धनी पुर्जा भएका १० बिघा भन्दा बढि जग्गा सीमा स्तम्भ भन्दा पारि छ ,०६० साल देखी आयस्ता खान पाएका छैनन्।त्यो भन्दा अघि जग्गा सीमापारी भए पनि आम्दानी पाएका थिए धोबी भन्छन।यस्तै नगरपालिका भित्रका थपुवा गाँउका फत्ता थारुको ०-१०-०,रामदत्त थारु ०-१४-०,खटिक थारु ०-१४-०,र बिश्राम थारु २-०७-०,जग्गाको जग्गा धनि पुर्जा नेपाली भएपनि एकपक्षिय रुपले सीमास्तम्भ सारे पछि सीमापारी परेका हुन।एउटै जग्गाकाको दुई देशका अधिकार स्थापीत भएका उनीहरु एक्ला होइनन्।यी बर्दिया सीमावर्ती गाबिसमा पर्ने दर्जनौ गाँउका स्थानीय बासीको पीडा हो।भारतको मुर्तीहा,बिछिया,कतरनिया बनबिहार रक्षार्थ खटिएका भारतीय सिमा सुरक्षा बलले बर्दिया ७८किमी क्षेत्रलाई हेरचाह गर्ने सुरक्षाकर्मीले सीमा क्षेत्रमा नेपाली जग्गा धनी पुर्जा भए पनि बस्न दिने गरेका छैनन्। दुईतिर जग्गा पर्ने भिम्मापुर गाबिसका कृष्ण बिक भन्छन ,सिमा स्तम्भ सारेपछि भारतले पट्टा दिएको छ।उनका अनुसार भारतले दिएको पटा अनुसार जग्गाको व्यत्तिको भएपनि भुभाग आफनो तिर परेको उल्लेख छ। भूमिकर वार्षिक रुपमा बुझाउन भनेको छ तर अहिलेसम्म कर नतिरेको बताए।स्थानीयबासीका अनुसार कुनै बेला घना जंगल थियो।त्यस बेला भारतको सिमास्तम्भ पनि धेरै पर थियो।त्यही सीमास्तम्भलाई आधार मानेर ०२७ सालमा नापी खटिएका आयोगले उनीहरुलाई लालपुर्जा बाडेको बताए।टोलीले लालपुर्जा दिए पछि गुलरिया,खैरीचन्दनपुर भिम्मापुर,राजापुर लगायतका गाबिसहरुमा स्थायी रुपमा बस्ती बसाल्दै आएको कानुन ब्यबसायी गणेश देबकोटा भने,०४६ सालमा भारतीय पक्षले आधाभन्दा बढी गाउँ भारततिर पर्ने गरी एकपक्षीय सीमास्तम्भ सारेको उनको भनाई छ।०३६ सालमा खटिएको टोलीको कमजोरीले अहिले अन्योल भएको देबकोटा बताए। उनले भने नेपाली सीमाविदको अनुपस्थितिमा एकपक्षीय सिमा स्तम्भ सारेको हो।जिल्ला प्रशासन कार्यलय ,गुलरियाले संसदीय टोली,सरोकारवाला र संचारकर्मीसँगको अन्तरक्रियामा मुख्य र सहायक गरी २ सय ४६ सिमा स्तम्भ मध्य ७३ वटा सिमा स्तम्भ फेला नपरेको ५ वटा नभेटिएको र पिलर ६३ देखी स्तम्भ सारेर जग्गा अतिक्रमण गरेको प्रतिवेदन बुझाएको थियो। बेलाबेलामा आउने भारतीय सुरक्षाकर्मीले भारतमा परेको जग्गामा घर बनाऊ कि छोड भन्ने गरेको स्थानीयबासी गुनासो आउने गरेको प्रशासनले जनाएको छ।
source - nagariknews