नेपाली नयाँ वर्षको उपलक्ष्यमा अमेरिकी राष्ट्रपति बाराक ओबामा र विदेशमन्त्री हिलारी क्लिन्टनले नेपाली जनतालाई शुभकामना व्यक्त गरेका छन्। क्लिन्टनद्वारा जारी विज्ञप्तिमा नयाँ वर्षमा नेपालको नयाँ संविधान घोषणा हुने आशा पनि व्यक्त गरिएको छ।
नेपाली नयाँ वर्षको अवसरमा अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनको सन्देश
राष्ट्रपति ओबामा र अमेरिकी जनताका तर्फबाट नयाँ वर्षको स्वागत गरिरहेका नेपाली जनतालाई मेरो शुभकामना छ। यो नेपालमा राष्ट्रिय एकता र सद्भावना मनाउने तथा संसारभरिका नेपाली पृष्ठभूमिका मानिसका लागि नयाँ शुरुवात र सम्भावनाहरूको चिन्तन गर्ने अवसर हो। नेपालको मित्र तथा साझेदार भएका नाताले अमेरिकाको अपेक्षा रहेको छ कि आउने वर्षमा नेपालमा नयाँ संविधानको घोषणा हुनुका साथसाथै प्रजातन्त्रलाई मजबुत बनाउने क्रम जारी रहनेछ, जसले नेपाललाई प्रगति र सम्पन्नताको मार्गमा राख्नेछ। हामीले हाम्रा सरकार बीचको साझेदारी र हाम्रा जनता बीचको मित्रतालाई बलियो बनाउने आशा राखेका छौं।
यो नयाँ वर्ष सुरक्षित र रमाईलो होस् भनी म हार्दिक शुभकामना व्यक्त गर्दछु। नयाँ वर्षको शुभ-कामना !
source:nagariknews