सानियाको बिहेभोजमा साहिद अटाएनन् :


भारतीय टेनिस सुन्दरी सानिया मिर्जाले बिहीबार आयोजित आफ्नो बिहेभोजमा सलमान खान, अरबाज खान, सोहेल खान, महेश भूपति, लियन्डर पेस तथा अन्य ख्यातिप्राप्त व्यक्तिहरूलाई निमन्त्रणा गरिन्, तर उनको पाहुनाको सूचीमा साहिद कपुरको नाम भने अटाएन । सानियाको त्यो कार्यले धेरैलाई आश्चर्यमा पनि पार्‍यो किनभने उनी सधैँ साहिदलाई आफ्नो सबैभन्दा नजिकको मित्र भन्थिन् । विगतमा एकअर्कासँग डेटिङमा भेटिएका वेला सानियाको जवाफ त्यस्तो हुन्थ्यो । बिहीबारको भोजमा सोएब मलिक र सानियाका नजिकका साथीहरू धेरै देखिन्थे, त्यसमा पनि बलिउडका स्टारको अत्याधिक चाप थियो । शाहरुख खान, सलमान खान र बलिउडका अन्य कलाकारसँग सानिया जति नजिक थिइन्, त्योभन्दा बढी साहिदको नजिक थिइन् । साथै सानियाले विगतमा बलिउडमा काम गर्ने चाहनासमेत देखाएकी थिइन् । साहिदप्रति सानियाले गरेको व्यवहारका कारण उनीहरूबीच विगतमा प्रेम गाँसिएको थियो भन्ने हल्लालाई अझै बल प्रदान गरेको छ । संसारले थाहा पाउने गरी सानियाले गत सोमबार पाकिस्तानी क्रिकेटका पूर्वकप्तान मलिकसँग बिहे गरे पनि उनीहरूले १० अपि्रलमा नै गोप्य रूपमा निकाह गरिसकेको समाचार बाहिर आएको छ । सोएबका परिवारका सदस्यहरू हैदरावाद आएलगत्तै बिहेमा विलम्ब गर्न नहुने दुवै परिवारको निष्कर्षपछि उनीहरूको निकाह गरिएको थियो । साथै सानिया र सोएबसमेत बिहेका लागि हतारिएका कारण गोप्य रूपमा निर्धारित मितिभन्दा अगावै बिहे गरिएको दाबी मिर्जा परिवार निकटले जनाएका छन् । हैदरावादमा परम्परागत रूपमा गरिएको त्यो बिहेमा केही मित्र तथा परिवारको उपस्थिति रहेको बताइएको छ ।

source:nayapatrika