ठीक वर्षदिन अघि यही बेला प्रियंका चोपडा र जेरार्ड बट्लरबीच रोमान्स रहेको हल्लाले बलिउड तातेको थियो । यतिबेला भने पछिल्लो फिल्म 'सात खुन माफ' मा हलिउड नायक जेरार्ड देखिने हल्लाले तात्दैछ ।
स्रोतका अनुसार प्रियंकाका लागि अहिलेसम्मकै चुनौतीपूर्ण भूमिका मानिएको यस फिल्ममा जेरार्ड उनको पतिको भूमिका गर्दैछन् । फिल्ममा पि्रयंकाले खेल्ने पात्रको सात पतिमध्ये 'द अग्ली ट्रुथ' नायक जेरार्ड एक हुनेछन् ।
रणवीर कपुरसँग केही महिनाअघि 'अन्जाना अन्जानी' को छायांकनक्रममा अमेरिका पुगेकी पि्रयंकाले जेरार्डलाई फिल्म खेल्न मनाएकी थिइन् । फिल्मको कथावस्तु नायकलाई बताउँदै नायिकाले आफ्ना लागि फिल्म महत्त्वपूर्ण रहेको बताएपछि नायक रिलमा सात पतिमध्ये एक हुन तयार भएको स्रोतले दाबी गर्यो ।एक वर्ष पहिले दुबईको एक समारोहमा भेट भएका पि्रयंका र जेरार्ड राम्रा साथी रहेका छन् । गत वर्ष जेरार्ड इन्डिया घुम्न आउँदा पि्रयंकाले भव्य स्वागत गरेकी थिइन् । उनले जेरार्डको स्वागतमा राखेको पार्टीमा शाहरुख खान, हृतिक रोशनजस्ता सुपरस्टार थिए । त्यतिबेला पि्रयंकाको नाम 'कमिने' को स्टार शाहिद कपुरसँग पनि जोडिने गरेको थियो । पार्टीमा जेरार्डले ठट्टैठट्टामा नायिकालाई पटक-पटक विवाह प्रस्ताव राखेका थिए, जुन पि्रयंकाले हाँसोमा उडाएकी थिइन् । यदि जेरार्ड 'सात खुन माफ' मा खेलेछन् भने रियल लाइफमा उनको पत्नी नभए पनि पि्रयंका रियल लाइफमा चाहिँ पक्कै हुनेछिन् । तर, यसमा पनि जेरार्डले नायिकालाई नशरुद्धिन शाह, मोहनलाल, निल निटिन मुकेश र इर्फान खानजस्ता ६ जना नायकहरूसँग बाँड्नु पर्नेछ ।
source:kantipur