जेठ १४ मा संविधान नबन्नु माओवादीले जिम्मेवारी लिनुपर्छः बिजुक्छे :

भक्तपुर, वैशाख २९ - नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले जेठ १४ भित्र संविधान बन्न नसक्नु ठूलो पार्टीको हैसियतले माओबादीले जिम्मेवारी लिनु पर्ने बताएका छन् ।


बिजुक्छे निवास कमल बिनायकमा बुधबार सञ्चारकर्मीसंग कुरा गर्दै उनले माओबादीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह नगरी सरकारको लोभमा परेकोले अहिलेको संकटआएको आरोप लगाए । माओबादीले आम हडताल फिर्ता लिइसकेको अवस्थामा दलहरु बीच बार्ताको ढोका खुलेको बताए । बार्ताबाटै सहमतीमा आउनुपर्नेमा जोड दिदै उनले माओबादीले आफनो नेतृत्वमा सरकार गठन भए एक हप्ता भित्र संविधान जारी गर्छु भन्नु संकुचित मनसाय भएको बताए ।

दलहरुले सहमती गरेर नियमित संविधान बनाउने कार्यमा लागेपनि अझै चार महिना लाग्ने उनले बताए । ठूला पार्टीका सत्ता मोहले जनताले दुःख पाएको बताउदै उनले बताए । माओबादीले आफनो नेतृत्वमा सरकार गठन गर्न लागेपनि सम्भव नभएको बताए । माओबादीले सोचेजस्तो आफनो नेतृत्वमा सरकार नबन्ने दाबी गरे । संसदको बहुमतले निर्वाचन गरेको प्रधानमन्त्रीलाई बाहिरबाट राजिनामा देउ भन्दैमा दिन नहुने बताए ।

संसदको बहुमतलेहटाएमात्र प्रधानमन्त्री हटने उनले बताए । मुलुकमा जेठ १४ पछि आउने संकट टार्नका लागि राष्ट्रपतिय शासन उपयुक्त भएको दाबीगर्दै उनले राष्ट्रपति शासन लगाएर संविधान सभाकोम्याद थप्नु पर्नेमा जोड दिए । राष्ट्रपति शासन नलगाए जनमत संग्रह र पुनः निर्वाचन गर्नु पर्नेबाध्यात्मक अवस्था आउने उनले बताए ।

राष्ट्रपतिलाई अन्तरिम संविधानले संरक्षक एवं कार्यकारी अधिकार दिएकोले देशलाई अप्ठयारो पर्दा राष्ट्रपतिले अप्ठ्यारो फुकाउन सक्ने बताए । राष्ट्रपतिले आफनो अधिकार प्रयोग गर्दा कसैले प्रतिगामी भयो भन्छ भने उ आफै प्रतिगामी हुनेछ,' उनले भने ।

source:kantipur