दुई नेपालीको जिउँदै जलाएर हत्या :

सिलिगुडी, जेष्ठ ७ - नेपालीभाषीमाथि आक्रमण जारी राखेका खासीहरुले बिहीवार पुनः २ नेपालीलाई जिउँदै जलाएर हत्या गरेका छन् ।

आसामबाट प्रकाशित नेपाली म्यागेजिन 'सपरिवार'का सम्पादक रोहित गौतमका अनुसार मृत्यु हुने नेपालीको नाम खुलेको छैन् । मेघालयस्थित वर्नेहाटमा गाई पालेर वसेका नेपालीको आगो लगाएर हत्या गरिएको हो । राति सुतिरहेका वखत खासीहरुको एक समुहले गोठमै आगो लगाइदिएको सम्पादक गौतमले जानकारी दिएका छन् । यो घटनासंगै मेघालयमा मृत्यु हुनेको ५ पुगेको छ । यसअघि तीन नेपालीको हत्या भइसकेको छ ।
यसैवीच नेपालीभाषिमाथिको श्रृंखलावद्ध आक्रमणको विरोधमा एमाले निकट युथ फोर्स मेचीनगरले झापाको काँकडभिट्टामा बिरोध प्रदर्शन गरेको छ । उसले नेपालीभाषिमाथिको हत्या श्रृंखला तत्काल रोक्न माग गर्‍यो ।

source:kantipur