नाम सिद्धार्थ गौतम। जन्म मिति ईपू ५३४ वैशाख २६ गते। जन्मस्थान लुम्बिनी अञ्चलको कपिलवस्तु- ५।बाबुको नाम शुद्धोधन गौतम। यो परचिय कसको होला ? अड्कल काट्न गाह्रो छैन। उनी हुन्, भगवान् गौतम बुद्ध।
यही परचिय उल्लेख गरएिको जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुद्वारा जारी नागरकिता जेठ १३ मा धमाधम वितरण गरँिदैथ्यो, नयाँ बानेश्वरमा। नम्बर ०१ लेखिएको त्यस नागरकितामा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको स्ट्याम्प ठोकिएको छ। यसलाई नमुना नागरकिता भनिएको छ।
नागरकिताको पछाडिको भागमा नेपालको नक्सा र सिद्धार्थ गौतमको जन्मस्थलसम्बन्धी फोटो राखिएको छ। यही नागरकिता नेपाल आदिवासी जनजाति महासंघले सोही दिन भारतीय दूताबासमा बुझायो। सिद्धार्थको जन्मस्थलका बारे अनर्गल प्रचार भएपछि यसो गरएिको जनजाति महासंघले जनाएको छ।