पिसाब गर्नूस्, पैसा लैजानूस् :

के तपाईं पिसाब गरेको पैसा तिर्नुहुन्छ ? महँगीसँगै पिसाब गरेको शुल्क बढिरहेको छ । अब धन्दा नमान्नूस्, पिसाब गरेको शुल्क
लाग्नुको सट्टामा उल्टै पैसा पाइन्छ । पिसाब संकलन गरेर लगिदिएबापत हातमुख धुने साबुन र दाँत माझ्ने ब्रस पनि पाइन्छ । यसका लागि दस लिटर पिसाब संकलन गरेर लैजानुपर्ने हुन्छ ।

धादिङ, दारेचोक गाविसको चुम्लिङटारमा पृथ्वी राजमार्गसँग जोडिएको एक वातावरणीय सरसफाइ सम्बद्ध संस्थाले पिसाब गरेको पैसा दिने गरेको हो । वातावरणीय सरसफाइ गर्न खेर जाने वस्तुलाई प्रयोग गररिहेको इकोसान स्रोत केन्द्र, चुम्लिङटारका संयोजक श्रीरेन्द्र पोखरेल बताउँछन् । "पिसाबबाट पैसा नै आर्जन गर्नेभन्दा पनि पिसाबको महत्त्व अभिवृद्धि गर्नु हो," उनी भन्छन्, "पिसाबको महत्त्व बुझेपछि पैसा लिनका लागिभन्दा पनि आफैँले मल बनाउन उत्साहित हुनेछन् ।"

मानिसको पिसाब मात्रै हालेर चुम्लिङटारकी मीना पोखरेलले तरकारी खेती गररिहेकी छन् । भनिन्, "पिसाब मात्रै हालेको घिरौँला १२ हजारको बेचेँ ।" यहाँका २२ घरपरविारले घरमा ट्वाइलेट हुँदाहँुदै छुट्टै प्रविधिको शौचालय बनाएर पिसाब संकलन गरी तरकारी खेतीबाट युरयिा मलबिना नै आम्दानी गररिहेका छन् ।

source:nepal