काठमाडौं, अषाढ २८ - राजनीतिक सहमतिका आधारणमा सरकार बन्न नसकेपछि राष्ट्रपति रामवरण यादवले
बहुमतको सरकार लागि आहृवान गरेका छन् ।
सोमबार साँझ व्यवस्थापिका संसदलाई पत्र पठाउँदै राष्ट्रपति यादवले १२ दिनसम्म पनि संविधानको धारा ३८ को उपधारा १ अनुसार सहमतिको सरकार गठन नभएकाले धारा ३८ को उपधारा २ अनुसार बहुमतको सरकार गठनका लागि आहृवान गरेका हुन् । 'राष्ट्रपतिज्यूले संविधानको धारा ३८ को उपधारा २ अनुसार बहुमतको सरकार गठनका लागि संसदलाई पत्र पठाइसक्नुभएको छ,' राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले ईकान्तिपुरसित भने । राष्ट्रपतिले परिस्थितिलाई विचार गरी संसदले बहुमतीय सरकार गठनका लागि यथासम्भव पहल गर्नेमा विश्वास व्यक्त गरेका छन् ।
राष्ट्रपति रामवरण यादवले सहमति सरकार गठनका लागि राष्ट्रपति रामवरण यादवले दिएको सुरुमा ७ र पछि ५ दिनको समय सोमबारदेखि नै सकिएको छ । सहमतीय सरकार बनाउने अन्तिम प्रयासस्वरुप सोमबार बसेको प्रमुख तीन दलको बैठक पनि निष्कर्षविहीन भएपछि राष्ट्रपतिले बहुमतको सरकार लागि आहृवान गरेका हुन् ।
source:kantipur