फ्रान्सका राष्ट्रपति नेपाल भ्रमण गर्न इच्छुक :

हङकङ, अषाढ ३० - फ्रान्सका राष्ट्रपति निकोलास सार्कोजी नेपाल भ्रमणका लागि इच्छुक देखिएका छन् । फ्रान्सका लागि नवनियुक्त राजदूत मोहनकृष्ण श्रेष्ठले कान्तिपुर सँगको टेलिफोन कुराकानीमा
उक्त भनाई राखेका हुन ।
पेरिसस्थित इलिस प्यालेसमा हालै आयोजित एक समारोहमा राजदूत श्रेष्ठले राष्ट्रपति सार्कोजी समक्ष आफ्नो ओहदाको प्रमाणपत्र बुझाए । सोही भेटमा राष्ट्रपति सार्कोजीलाई नेपाल भ्रमण गर्न गरिएको अनुरोधमा उनी सकारात्मक देखिएको राजदूत श्रेष्ठले बताए ।
राष्ट्रपतिले फ्रान्स सरकारका तर्फबाट दूतावासलाई सबैखालको सहयोग रहने समेत बताएका थिए । 'हामीले यहँका विदेश मन्त्रालय समक्ष नेपाल र प|mान्स बिचको दुईपक्षीय सम्बन्धलाई दरिलो पार्न उच्च तहका भेटघाटलाई निरन्तरता दिनुपर्ने प्रस्ताव राखेका छौँ,' राजदूत श्रेष्ठले भने, 'यसमा मन्त्रालयका अधिकारीहरु सहमत छन् ।'
सन् १९८३ फ्रान्सका तत्कालिन एक्काइसौ राष्ट्रपति फ्रान्स  स्वा मितेराँपछि नेपालमा सोस्तरको उच्च फ्रान्सन्सेली भ्रमण हुनसकेको छैन् । सन् २००१ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको फ्रान्स भ्रमण नेपालका तर्फबाट भएको पछिल्लो उच्चस्तरीय थियो । नेपाल र फ्रान्सन्सबीच सन् १९४९ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । तथापि १८५० मै प्रधानमन्त्री जंगबहादुर राणालेफ्रान्स भ्रमण गरेर नेपाल र फ्रान्सन्स बीच सम्बन्ध स्थापित गरेका थिए । 
गतबर्ष फ्रान्सन्सबाट २२ हजारभन्दा बढी पर्यटक नेपाल भित्रेको बताउदै राजदूत श्रेष्ठले प्राकृतिक सौन्दर्य र कला संस्कृति मनपराउने फ्रान्सmान्सेलीहरु बीच नेपाल प्रर्वद्धन गर्नसके पर्यटन विकासमा उल्लेख्ख सहयोग पुग्नसक्ने बताए । प्रख्यात पर्वतारोही मौरिस हरजोगले अन्नपूर्ण हिमालको सफल आरोहण प्रश्चात पुस्तक प्रकाशन गरी युरोप तथा अमेरिकामा नेपाल चिनाउन ठूलो सघाउ पुर्‍याएको अनुभव उनले सुनाए । मौरिस ८ हजार मिटर अग्लो हिमाल आरोहण गर्ने संसारकै पहिलो हुन् । उनले सन् १९५० मा पहिलोपटक अन्नपूर्णको सफल आरोहण गरेका थिए । भ्रमण बर्ष २०११ लाई सफल पार्न सघाउ पुर्‍याउने हेतु फ्रान्स विभिन्न सहरमा नेपाल प्रबर्द्धन सम्बन्धी बृहत कार्यक्रमको योजनामा रहेको समेत उनले खुलाए । 
४५ बर्षअघि नै नेपाली दूतावास स्थापना भएको फ्रान्स नेपालका लागि युरोपमै सबैभन्दा महत्वपूर्ण देश रहेको राजदूत श्रेष्ठले बताए । कूटनीतिक सम्बन्ध स्थापित भएको ६१ बर्ष पुगिसकेका भएपनि नेपाल फ्रान्सन्स सम्बन्धले सोचेअनुरुप गति लिन नसकेको उनको ठम्याइ थियो । पर्यटन, निकासी, संचार, बैदेशिक लगानी, रोजगार प्रर्वद्धन लगायतका क्षेत्रमा फ्रान्सबाट नेपालले धेरै फाइदा लिनसक्ने उनको बुझाइ छ ।
राजदूत श्रेष्ठ करिब एक महिनाअघि मात्र आफ्नो कार्यभार सम्हाल्न पेरिस पुगेका हुन । शाही कालमा राजदूत नियुक्त पूर्व प्रधानसेनापति प्रज्वलशमशेर राणालाई लोकतन्त्र पुर्नबहालीपछि फिर्ता बोलाइकाले त्यहँा राजदूत पद रिक्त थियो । पछि माओवादी नेतृ पम्फा भुसाललाई नियुक्त गरिएपनि फ्रान्सन्स सरकारले एगि्रमोका लागि ढिलाई गरेपछि करिब चार बर्ष फ्रान्सन्सस्थित नेपाली दूतावास राजदूतविहीन रहन पुग्यो । 

source:kantipur