कमल थापाको घरमा पुष्पकमल :

अलि पुरानो हिन्दी फिल्ममा नाना पाटेकर एउटा डाइलग भन्छन् – “साला एक मच्छड आदमीको हिजडा बना देता हे” । प्रधानमन्त्रीको कुर्सीले सायद पुष्पकमललाई उक्त डाइलगमा
भनिए जस्तो बनाइदिएको हुनुपर्दछ । पत्रकारको अगाडि वा संसद भवनमा प्रधानमन्त्रीको दावेदारको रुपमा अनुहार हँसिलो बनाएर देखाएपनि, हिजो सुत्नेवेलामा प्रचण्डले सोचे होलान् – ए गाठे कमल थापाको घरमा गएर भोटको लागि हात जोड्ने दिन पनि आयो हँ । कुनै वेला थियो प्रचण्डको टाउको मुल्य करोडौं तोकिएको थियो । प्रचण्ड भन्ने मान्छे छ र छैन मा बाजी ठोक्नेहरु थुप्रै थिए । एउटा मात्र फोटो बाहिर आँउदा जिव्रो टोक्नेहरुको कमि थिएन । कुनै तिलस्मी कथाको नायक जस्ता बनेका थिए ती । ६ दशक लामो समय नेपाली राजनितिमा विताएका गिरिजाप्रसाद कोइरालाले स्वयंले प्रचण्ड-बाबुरामलाई पहिलो पल्ट भेट्दा ती मान्छेहरु साच्चै देशको लागि गम्भीर भएको आफुले पाएका वताएका थिए । तर आजै उनै प्रचण्ड पुष्पकमल भएर प्रधानमन्त्रीको कुर्सीको लागि कमलथापासँग हात जोड्दैछन् । जसले भने पनि ठीक भनेका हुन् समय परिवर्तनशिल छ । साच्चै परिवर्तनशिल छ समय ।


source:mysansar