मुलुक 'गोलचक्कर'मा फँस्ने स्थितिमाः दाहाल :

काठमाडौं, श्रावण १३ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक दलहरुको असहमतिले मुलुक 'गोलचक्कर'मा
फँस्ने स्थितिमा पुगेको बताएका छन् ।

माओवादी निकट अखिल नेपाल लेखक संघले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष खनालले 'गोलचक्कर'मा फँस्ने स्थितिमा रहेको मुलुकलाई साहित्यले चेतना दिन सक्ने उल्लेख गरे । 'यहि बेला मुलुक झण्डै-झण्डै गोलचक्करमा फँस्ने स्थितिमा छ,' दाहालले भने ।

दाहालले संक्रमणकालीन अवस्थामा रहेको मुलुकलाई निकास दिन राजनीतिक दलहरुले नसकेकोमा चिन्ता व्यक्त गरे । उनले मधेसी दलहरुले पूरा नहुने माग राखेर तथा एमालेले तटस्थमा बस्ने निर्णय गरेकाले संक्रमणकाल झनै लम्बिएको टिप्पणी गरे ।

source:kantipur