असार ३२- महोत्तरीमा बिजुलीको खम्बामा जीउ कन्याउन गएको भैँसी करेन्ट लागेर मरेको छ। भैँसीमाथि बसेका दुई बच्चा
भने गम्भीर घाइते भएका छन्।
बिहीबार साँझ गौशाला गाविस-५ निवासी महेन्द्र साहका १२ वर्षीया छोरी मन्नोरिया साह र १० वर्षीय छोरा दयाराम साह करेन्टको झट्काले भैंसीबाट तल झरेर गम्भीर घाइते भएका हुन्।
गम्भीर घाइते बालबालिकाको स्वास्थ्य केन्द्र गौशालामा उपचार भइरहेको छ।
पीडित महेन्द्र साहको दुहुनो भैंसी रु ६० हजार मूल्यको रहेको थियो।
source:nagarik