काठमाडौ, श्रावण २ - दलहरु बहुमतीय सरकारका लागि समर्थन जुटाउन कसरत गरिरहेको बेला माओवादीका
एक बरिष्ठ नेताले भने त्यसले निकास दिन नसक्ने बताएका छन् ।
माओवादी उपाध्यक्ष मोहन बैद्यले बहुमतको सरकार बने शान्ति र संविधान निश्कर्षमा नपुग्ने ठोकुवा गरेका छन् ।
राजधानीमा आइतबरा आयोजित सभासद् उमा भुजेलले 'बन्द पर्खालदेखि खुला आकाससम्म' नामक पुस्तकको हिन्दी संस्करणको बिमोचन गर्दै बैद्यले कांग्रेस र एमालेले सहमतिको सरकार बन्न नदिएको आरोप लगाए । उनले माओवादीलाई आत्मसमपर्ण गराउने प्रड्यन्त्र गरिएको समेत दावी गरे ।
'बहुमतीय सरकारमा जाने हो भने शान्ति र संविधान बन्दैन', उनले भने 'देश दुर्घटनामा जाने खतरा हुन्छ ।' अर्को प्रसंगमा उनले भारतीय माओवादीलाई त्यहाँको सरकारले दमन गरेकोमा भर्त्सना समेत गरे ।
source:kantipur