मन्त्रीको दबाबमा प्रेमी प्रेमीका छुटयाईए :

अषाढ १९ -  आफनै अभिभावकद्वारा जर्वजस्ती बन्धक बनाएकी आफनी प्रेमीकालाई सकुशल फिर्ता गराई दिन
उनका प्रेमीले आग्रह गरेका छन् । ९ महिना अघि पकडी गाबिसकी सरिता चौधरीसंग बिवाह गरेका तौलन कहारले आफनी श्रीमतीको सकुशल रिहाईको बाताबरण मिलाई दिन सबैसंग आग्रह गरेका छन् । राजीखुशी प्रेम बिवाह गरेका सरितालाई एक साताका लागि अभिभाबकको जिम्मा लगाईएको थियो । अभिभाबकको जिम्म्ाा लगाउदा एक साता सम्म संझाई बुझाई गर्ने नमाने फेरी केटालाई दिने भनेर जिल्ल्ाा प्रहरीमा गत जेठ १७ मा कागज गरी केटीका अभिभाबकले लगेका थिए । तर केटी तौलनसंग बस्ने भनेर अडडी लिए पछि उनलाई घरबाट निस्कन नदिई यातना दिएर राखेका छन् ।
गत बिहिबार सदरमुकाम तौलिहबाबाट अनुगमन गर्न उनको घर गएकी अधिकारकर्मी माधुरी श्रेष्ठसंग केटीले जुनसुकै हातमा तौलनसंंगै बस्ने भने पछि उनका बाबुले यातना दिएको स्रोतले जनाएको छ । केटी पनि अधिकारकर्मी माधुरी श्रेष्ठसंग घर बाहिर निस्कने प्रयास गर्दा बाबुले यातना दिएका थिए ।
घटना पछि धेरै पटक केटी पक्षकाले केटालाई कुटने प्रयास गरेको र शुक्रबार तौलन घर गईरहेका बेला दोहनीमा बसबाट उतारेर कुटिएको थियो । यति हुदा केटाले सुरक्षाका लागि प्रहरीलाई गुहार्दा पनि प्रहरी सुरक्षा दिएको छैन् । यस बिषयमा आफुले केही गर्न नसक्ने भनेर प्रहरी प्रमुख उपरिक्षक शरद चन्द पञ्छिन खोजेका छन् ।
अभिराव-१ का तौलन कोहार र पकडी-३ बर्रोहिया की सरिता चौधरीले ९ महिना अघि प्रेम बिवाह गरेका थिए । प्रशासनले उद्योग राज्यमन्त्री दानबहादुर चौधरीको दवावमा सरिता उनको अभिभाबकको जिम्मा लगाएका छन् । प्रशासन र मानवअधिकारकर्मीले लिखीत गराएर एक साताका लागि सरितालाई उनको अभिभावलाई बुझाए पनि हाल सम्म फिर्ता गराउन कसैले पहल नगरेको तौलनले गुनासो गरे ।

source:kantipur