जनकपुर, भदौ ५- अज्ञात हतियारधारी समूहले एक सर्वसाधारण साइकल पसलेलाई गोली हानी
हत्या गरेको छ। मिथिलेश्वरनिकास-८ का ५५ वर्षीय जयनारायण मण्डललाई शनिवार साँझ सात बजे पसलबाट घर फर्किदै गर्दा आक्रमण भएको हो।
गाउँकै साप्ताहिक हाट लाग्ने मल्हनिया चोकमा रहेको साइकल मर्मत पसलबाट घर फर्किरहेका उनलाई पछाडिबाट मोटरसाइकल चढी आएका दुई जनाको समूहले गोली हानेको स्थानीय सुरेन्द्र साहले बताए।
उनका अनुसार मण्डलको शरीरमा चार गोली लागेको छ। कन्चट र छातीमा एक एक तथा ढाडमा दुई गोली लागेको उनले बताए। घटनापछि प्रहरीले गस्ती कडा बनाएको छ।
उनलाई गोली किन र कसले हानेको भन्ने बारे केही थाहा हुन सकेको छैन।
source:nagarik