जनकपुर, कार्तिक ५ -   आसमान नेपाल नामक गैर सरकारी संस्थामा १५ सयको जागिर 
हुन नदिएको झोंकमा  एक  पाँच वर्षिय बालकको हत्या गरिएको रहस्य खुलेको छ ।
असोज २३ गते दुहवी गाविस ८ बाट अपहरित लक्ष्मेश्वर यादवका ५ वर्षिय छोरा  दीपेश यादवलाई गाउँकै विनोद मुखिया, उनका बाबु रामदेव मुखिया तथा साथी  रामबाबु यादवले हत्या गर्नुको पछाडि आसमान नेपालकै जागिर रहेको प्रहरी  उपरीक्षक दिनेश अमात्यले बताए ।
आसमान नेपालमा कार्यरत लक्ष्मेश्वर यादवले विनोद मुखियालाई जागिरको लागि  पैरवी नगरेको रिसइवीका कारण उनका पाँच वर्षिय वालकलाई अपहरण गरी हत्या  गरेका थिए । प्रहरीले यस घटनामा संलग्न रहेका मुखियाका ५८ वर्षिय बाबु  रामदेव मुखिया तथा साथी रामबाबु यादवलाई पक्राउ गरेको छ । घटनाका मुख्य  योजनाकार विनोद मुखिया भने फरार छन् ।
source:kantipur