बाइकमा बेरिएला साडी :


काठमाडौ, कार्तिक ४ - व्यस्त सहरमा छिटो र सजिलो सवारी हो, 'मोटरसाइकल ।' दुई पाङ्ग्रे यो सवारीमा हुने सानो
असावधानीले पनि कहिलेकाहीं जीवनयात्रा नै दुःखद बन्न सक्छ ।
काठमाडौंको चपलीमा मंगलबार यस्तै दुर्घटनामा परेकी छन् ५५ वषर्ीया लक्ष्मी थापा । छोरा विशिष्ट थापाले चलाएको मोटरसाइकलमा चढेकी लक्ष्मीको साडीको फेर चक्कामा बेरिएको थियो । गुडिरहेको चक्कामा साडी बेरिएपछि उनीसहित मोटरसाइकलमा यात्रारत तीनै जना सडकमा पछारिए । लक्ष्मीको ज्यानै गयो भने १४ वषर्ीया छोरी सकुन्तला र चालक वशिष्ठ घाइते भए ।
दुवै हात भाँच्चिएकी सकुन्तलालाई उपचारपछि घर लगिएको छ । चालक वशिष्ठको हात र करङ भाँच्चिएको छ । उनको शिक्षण अस्पतालमा उपचार भइरहेको महाराजगन्ज प्रहरी वृत्तले जनाएको छ । वृत्तका डीएसपी दीपक थापाका अनुसार चालकको लापरबाही नहुँदानहुँदै पनि यो दुःखद घटना भएको छ । लक्ष्मीको शव बुधबार परिवारलाई जिम्मा लगाइएको छ । प्रहरीका अनुसार दसैंको टीकाका लागि आफन्तकामा जाँदै गर्दा बा३५प ६७८ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।
प्रहरीका अनुसार केही समययता मोटरसाइकलको पछाडि बस्ने महिलाको सल र साडी बेरिएर दुर्घटना हुनेको संख्या बढेको छ । यस्ता कतिपय घटनामा ज्यानसमेत जाने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका डीएसपी वसन्त पन्तले जनाए ।
'साडी बेरिएर मृत्यु भएकै चाहिँ यसपटकको दसैंमा यो पहिलो हो,' उनले भने । उनका अनुसार चक्कामा कपडा बेरिँदा उछिट्टएिर लड्ने र टाउकामा चोट लाग्ने हुँदा ज्यान जाने खतरा धेरै हुन्छ । कुराकानी र वरपरको रमाइलो हेर्ने क्रममा घाँटीमा बेरेको सल र साडीको फेर खुट्टासँगै घुमिरहेको चक्काको तारमा बेरिएको यात्रुले थाहा नपाउँदा त्यस्ता घटना हुने गरेको पन्तले बताए ।
चक्कानजिकै सल र
साडीका फेर हावामा हल्लिरहेका देख्नेबित्तिकै कैयौं सचेत नागरिकहरूले मोटरसाइकल रोकेर सचेत गराए पनि अटेर गर्नेबाट यस्तो दुर्घटना हुने गरेको छ । महाशाखाका एसएसपी पंकज श्रेष्ठ भन्छन्, 'यस्ता घटनामा आफैंले सावधानी अपनाउनुपर्छ, मोटरसाइकल चढेपछि आफ्नो
लुगा सम्हालेर बस्नुपर्छ ।'

source:kantipur