मेरो नाम देवीप्रसाद रेग्मी हो । अहिले म ४९ वर्षको भएँ । मेरो घर सुनसरीको भरौल-१ कालाबन्जरमा छ । म
खेती गरेर परिवार चलाउँदै आएको किसान हुँ । मेरा दुई छोरा छन् । उनीहरूलाई दुःख गरेर पढाएँ, तर जागिरका लागि अनेकाँै प्रयास गर्दा पनि नभएर अहिले बेरोजगार छन् । घरपरिवार चलाउन कठिन भएपछि म पछिल्लो समयमा खेतिपातीको मौसममा खेती गर्ने र बाँकी समयमा एमालेका भरौलका कार्यकर्ता राजु अधिकारीले गरेको जग्ग्ाा प्लटिङमा पनि दलालीको काम गर्दै आएको छु ।
छोराहरूलाई पढाउँदा मलाई धेरै ऋण लागेको छ । एमालेले केही गर्ला भनेर पहिलेदेखि नै एमालेलाई समर्थन गर्दै आएँ । भोट पनि दिएकै हो पहिले । पछि यसो पार्टीका नेताहरूको चाल हेर्दा म वाक्क-दिक्क भएँ । छोराहरूलाई जागिर लगाउनका लागि पनि जिल्ल्ााका पार्टी नेताहरूसँग हारगुहार मागँे, तर सुनुवाइ भएन । नेताहरूले केवल जनताका लागि भन्दा आफ्नो स्वार्थ पूरा गर्नका लागि पार्टीलाई प्रयोग गर्दै आए । एमालेले गति नै छाडेपछि मैले माओवादीलाई पनि एकपटक हेराँै न भनेर संविधानसभा निर्वाचनमा भोट हालँे । तर, माओवादीले पनि आफ्नो हैसियत देखाइदियो ।
जनताका नजरमा सकिइसकेका पार्टीका नेताहरूको शिर उच्च बनाउने काम जनताले गरे । तर, त्यसको प्रतिफल केही पाउन सकिएन । नेपालमा के-के न गछार्ंै भनेर सारा जनतालाई यिनै नेताहरूले सडकमा उराले । जनताले जनआन्दोलन-२ मा ज्यान गुमाए पनि । धेरै घाइते भएका छन् । कतिले अहिलेसम्म उपचार पाउन सकेका छैनन् ।
जनताको बलिदानबाट प्राप्त गणतन्त्रलाई बचाउनु साटो यी नेताहरू सत्ताका लागि आपसमा झगडा गरेर जनतालाई पङ्गु बनाइरहेका छन् । नेताहरूको पछिल्लो व्यवहारले ममात्र होइन सारा नेपाली आजित भएका छन् । बिहीबार भएकाले म विद्युत् प्राधिकरणको महसुल तिर्न सुनसरीको झुम्का आएको थिएँ । त्यहाँ आएपछि एमालेकै कार्यकर्ताले आज इटहरीमा झलनाथ खनाल आउँदै छन् भनेपछि म पनि आमसभामा आएको हुँ । मलाई कसैले उचालेर पठाएको होइन । खनाल आउने भनेको सुन्नेबित्तिकै योजना बनाएरै आमसभामा आएको हुँ ।
कार्यकर्ता प्रवेशको नाम लिस्टमा मेलै नाम नचढाईकन मञ्चमा उक्लिएँ । मञ्चमा रहेका युर्थफोर्स केहीले मलाई 'तपाईंको नाम छ ?' भनेर सोधे । मेलै 'छ' भनिदिएँ । त्यसपछि सरासर खनाल भएतिर गएँ । उनले हँसिलो अनुहारमा मलाई रातो टीका लगाउन खोजे, मेलै प्रतिकार गरँे । त्यसपछि उनले हात तल झारे त्यही मौकामा एक थप्पड हानिहालँे । अर्को थप्पड पनि हान्न खोजेको थिएँ, तर सकिनँ ।
देशको अवस्था यस्तो छ । यिनै नेताहरूका कारण नेपाली जनताले दुःख पाएका हुन् । बढ्दै गएको बेरोजगारी जस्ता कुराले मलाई ज्यादै पिरोलिरहेको थियो । सहमतिका नाममा नाटक गर्ने नेताहरूलाई एउटा पाठ हुन्छ भनेरै नेपाली जनताका तर्फबाट आक्रोशस्वरूप मैले उनलाई थप्पड हानेको हुँ । मैले मेरो ज्यानको कुनै पर्वाह नगरी आँट गरेको हुँ । म मरेर के हुन्छ र ? कम्तीमा मैले गरेको कामबाट नेता सुधि्रन्छ भने केही हुन्छ भन्ने लागेर मैले यो काम गरेको हुँ । म बरु गोली खान तयार छु, मलाई मर्न डर छैन । तर, यी नेताहरूले देश र जनतालाई बर्बादीतर्फ लैजान पाउँदैनन् । मैले इटहरीबाट सुरुवात गरेको हुँ । अब प्रत्येक नेपालीले नयाँ संविधान र शान्ति ल्याउनका लागि एकै थलोमा मुख्य दलका नेताहरू नआएसम्म यसरी नै थप्पड हान्नुपर्छ । खनाललाई मात्रै होइन, अब सुशील कोइराला र प्रचण्डलाई पनि थप्पड हान्नुपर्छ । त्यसका लागि अन्य नेपालीले आँट गर्नुपर्छ । नेताले जसो भन्छन् त्यसैको पछाडि कुदेका कारण हाम्रो यो अवस्था भएको हो । अब ठाउँ-ठाउँबाट यसै नगरी नेता ठीक ठाउँमा नआउने भए ।
सही बाटो आऊन् र चलिरहेको नाटक बन्द गरून् भनेर मैले थप्पड हानेको हुँ । म जेलमा सडिन तयार छु । तर, म यिनीहरूका अगाडि झुक्न तयार छैन । मलाई प्रहरीले जस्तोसुकै कारबाही गरे पनि आपत्ति छैन । खनाललाई थप्पड हानेकोमा मलाई गर्व छ । यो म एक्लैले थप्पड हानेको होइन, सारा नेपालीको थप्पड हो भनी सबै दलका नेताहरूले सम्झे हुन्छ ।
source:nayapatrika