वेगमको वक्तव्यप्रति सिडिओ समाजको आपत्ति :

काठमाडौं, मंसिर २ (नागरिक) - कृषि तथा सहकारी राज्य मन्त्री करिमा बेगमले सीडीओ प्रकरणमा दुःख व्यक्त गरी प्रकशित गरेको वक्तव्यमा सीडीओ समाजले आपत्ती जनाएको छ। समाजले प्रधानमन्त्रीको निर्देशनमा पीडितमाथि नै लाञ्छित लगाउने गरी राज्यमन्त्रीबाट वक्तव्य आएको भन्दै ७५ वटै जिल्ला प्रशासन कार्यालयमा काम ठप्प पार्ने चेतावनी दिएको छ।
प्रधानमन्त्री माधवकुमार नेपालले सीडीओमाथि हातपात गरेकामा क्षमायाचना गर्न दिएको निर्देशनपछि वेगमले जारी गरेको विज्ञप्तिमा सीडीओलाई समेत दोषारोपण गर्दै घटना राम्रो नभएको भन्दै दुःख प्रकट गरेकी थिइन्।
उनले विज्ञप्तिमा 'कात्तिक २४ मा म र पर्साका सीडीओबीच भएको घटना अप्रत्यासित र दुःखद् हो' भन्दै उक्त घटनाको सम्पूर्ण कारक तत्व र जिम्मेवार व्यक्ति सीडीओ भण्डारी स्वयं भएको दाबी गरेकी छन्। भण्डारीले आमजनता, राजनीतिक नेता तथा विभिन्न मधेशी मूलका मन्त्रीसित लामो समयदेखि गलत र गैरजिम्मेवार व्यवहार गर्दै आएको आरोपसमेत लगाएकी छन्।
'आमजनता, राजनीतिक नेता तथा मधेशी मूलका मन्त्रीमाथि उहाँले लामो समयदेखि गलत र गैरजिम्मेवार व्यवहार गर्दै आउनुभएको थियो। त्यही सिलसिलाको चरम कडी सीडीओको मसितको कात्तिक २४ को दुर्व्यवहार हो। तर पनि त्यो दुर्व्यवहारबाट आवेशमा आई मबाट हात उठ्न गएको घटना राम्रो नभएको म महसुस गर्छु' उनले विज्ञप्तिमा भनेकी छिन्।
राज्यमन्त्रीबाट कुटाइ खाएका सीडीओलाई सरकारले राजधानी झिकाई बिदा लिन लगाएर उल्टै कारबाही गरेको दाबीसमेत शिवाकोटीले गरे।गृहका प्रवक्ता जयमुकुन्द खनालले भने घटना हुनुअघिल्लो दिन नै सीडीओ भण्डारीले कात्तिक २५ देखि ७ दिनका लागि बिदा लिएको दाबी गर्दै राजधानी नझिकाइएको दाबी गरे।

source:nagariknews