सिंहदरबारमाथि हेलिकोप्टर उडाउने माओवादी सपना अधुरै :

भोजराज भाट, काठमाडौं, कात्तिक २७- माओवादी निकट जनादेश साप्ताहिकले शुक्रबार दिउसो सिंहदरबार परिसर वरिपरि हेलिकप्टर भाडामा उडाउन खोज्दा गृहमन्त्रालयले अन्तिम समयमा रोक लगाएको छ। सिंहदरबार घेराऊ कार्यक्रमको एरियल तस्बिर तथा भिडियो खिच्न जनादेशले फिसटेल एयरको ५ सिटे हेलिकप्टर बुक गराएको थियो। विहान ८ बजे जनादेश साप्ताहिकले पार्टी उपाध्यक्ष एवम् संयुक्त जनआन्दोलन समितिका संयोजक बाबुराम भट्टराईसँग अनुमति मागी फिस्टेल एयरलाई २० हजार बैना बुझाएको थियो। फिस्टेलले हेलिकप्टर भाडामा दिने तर त्यसका लागि नागरिक उड्यन प्राधिकरणसँग उडान आदेश लिनुपर्ने सर्त राखेको थियो।
करिब एक घण्टा विमानस्थल परिसरमा ढुक्दै जनादेश टीमले अन्तिम अस्त्रका रूपमा पूर्व पर्यटनमन्त्री हिसिला यमिमार्फत् महानिर्देशक खनाललाई भन्न लगाएर सोझै उडान गर्ने प्रयाससमेत गर्‍यो। तर खनालले अनुमति नदिएपछि सञ्चारकर्मीको एरियल तस्बिर तथा भिडियो लिने सपना तुहिएको थियो। सरकारले अनुमति दिए तीन खेप पत्रकारलाई हेलिकप्टर सवार गराउने उनीहरूको योजना थियो।
'द्वन्द्वको समयमा पनि निजी सञ्चारगृहले हेलिकप्टर भाडामा लिएर समाचार संकलन गरेकै हुन् तर शान्तिप्रक्रियाको समयमा हामीले अनुमति माग्दा गृहले रोक लगायो', राज्यप्रति आक्रोष पोख्दै धितालले नागरिकसित भने, 'यस घटनाले राज्य आतंकित भएको पूष्टि गर्छ, प्रेसले सही सूचना आन्दोलनबारे सही सूचना बाहिर नजावोस् भन्ने उसको मनासय हो।'

source:nagariknews.com