हतियार र जबर्जस्तीलाई ठाउँ छैन : राष्ट्रपति :

अनारमनी (झापा), कात्तिक २७ (नागरिक)- राष्ट्रपति रामवरण यादवले जोरजबर्जस्तीले मुलुक नचल्ने बताएका छन् । उनले हतियार र जोरजबर्जस्तीलाई कुनै ठाउँ नभएको पनि बताए । समुन्नत राष्ट्र निर्माणका लागि जबर्जस्ती हैन, सभ्य संस्कार बसाउन आवश्यक छ- उनले भने ।
अनारमनी-७ मा निर्मित मेची आँखा अस्पतालको उदघाटन गर्दै राष्ट्रपति यादवले भने- मैले हिजो संविधान मानेको थिएँ, आज पनि मान्छु र भोलि पनि मान्ने छु । सदनबाट सबै समस्याको समाधान खोज्न दलहरुलाई सुझाव दिँदै उनले मिलेर जानुको विकल्प नभएको बताए ।उनी आउने थाहा पाएर माओवादीले झापा बन्द आह्वान गरेका थिए । तर राष्ट्रपति यादव सेनाको हेलिकोप्टरमा साँढे १२ बजे कार्यक्रमस्थल पुगेका थिए। जतिबेला माओवादीले कडा सुरक्षा व्यवस्थाका कारण विरोध जनाउन सकेनन् ।

source:nagariknews.com