एउटा खसीको मूल्य ३० हजार :

कास्की, (नेस) एउटा खसीको मूल्य कति पर्ला - ५ हजार, १० हजार, १५ हजार यति मात्र होइन, कास्कीमा एउटै खसी ३० हजारमा बिक्री भएको छ। कास्कीको कालिका गाविसस्थित तमलेक टोलका किसान बेदनाथ पौडेलले पालेको करिब ९० केजीको खसी ३० हजारमा बिक्री भएको हो। सम्भवतः कास्कीमा यति धेरै मूल्यमा खसी बिक्री भएको हो पहिलो पटक हो। किसान पौडेलका अनुसार खसी डेढ वर्षो रहेको छ।
स्थानीय जातको बाख्री र उन्नत बाबरी जातको बोकाको क्रसबाट जन्मिएको पाठालाई खसी पारिएको पौडेलले जानकारी दिनुभयो। लेखनाथ नगरपालिकाको सिसुवाका शेषराज भुर्तेलले खसी किनेको पौडेलले जानकारी दिनुभयो। कृषक पौडलले बाख्रापालन, कफीखेती र जडीबुटीखेती गर्दै आउनुभएको छ। पौडेलले करिब डेड सय जातका जडीबुटी लगाउनुभएको छ।

source:samacharpatra