काठमाडौं कात्तिक १८ - कांग्रेसले ८५ सदस्यीय केन्द्रीय समितिमा तीन पदाधिकारी सहित ६१ जना निर्वाचन मार्फत छनोट गर्ने गरी विधान शंसोधन प्रस्ताव पारित गरेको छ। यसअघि पदाधिकारी सहित ५० प्रतिशत केन्द्रीय सदस्य मनोनित गर्न पाउने सभापतिको अधिकारलाई कटौतीगरी राजधानीमा जारी महासमिति वैठकले यस्तो निर्णय गरेको हो।
शंसोधित विधान अनुसार केन्द्रीय समितिमा ७५ प्रतिशत सदस्यहरु निर्वाचनवाट चुनिने भएका छन् भने २५ प्रतिशत मनोनितवाट आउने छन्। चारदिनदेखि जारी महासमिति वैठकमा पदाधिकारी निर्वाचनका विषयमा लामो विवाद भएपछि हलको राँय सुझावको आधारमा पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको सहमतिमा सभापति, एक महामन्त्री र कोषाध्यक्षको प्रत्येक्ष निर्वाचन गर्ने र उपसभापति, एक महामन्त्री र सहमहामन्त्री मनोनित गर्ने गरी विधान शंसोधन प्रस्ताव पेश गरि निर्णय गरिएको छ।
source:nagariknews.com