माओवादी-१२ मुलुकका कुटनीतिक अधिकारीबीच छलफल :
काठमाडौ, २०६६ कार्तिक १७ - बिभिन्न १२ मुलुकका राजदूत तथा उच्च कुटनीतिक अधिकारीहरुसंग माओवादीले छलफल गरेका छन् । होटल अन्नपूर्णमा मंगलबार दिउँसो भएको छलफलमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, बिदेश विभाग प्रमुख कृष्णबहादुर महरालगायतका नेताहरु थिए ।
'वर्तमान राजनीतिक परिस्थिति र शान्ति प्रकृयाप्रतिको हाम्रो प्रतिबद्धता बारेमा आफ्ना कुराहरु राख्यौं' महराले बैठक पछि संवाददाताहरुलाई भने । आइतवारदेखि दोस्रो चरणको आन्दोलन सुरु गरेको माओवादी नेताहरुले विदेशी कुटनीतिक अधिकारीहरुलाई आफु शान्ति प्रकृयाप्रति प्रतिबद्ध रहेको विश्वास दिलाउन खोजेका थिए ।
बैठकमा बेलायत, फार्न्स, डेनमार्क, फिनलेण्डलगायतका मुलुकहरुको राजदूत सहभागि थिएभने अमेरिका, भारतलगायतका मुलुकका कुटनीतिक अधिकारीहरु सहभागि थिए ।
माओवादीले शान्ति सम्झौता उल्लंघन गरेको निष्कर्ष/सेना सहित सबै सुरक्षा अंग उच्च सतर्कतामा :
मंगलबार मन्त्रिपरिषद्को बैठकमा प्रधानसेनापति, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक तथा गुप्तचर विभागका प्रमुखसमेतलाई बोलाएर निर्देशन दिइएकेा हो ।
साथै माओवादीले आन्दोलनको घोषणा गरी स्थानीय निकाय कब्जा गरेर आफै पदाधिकारी घोषणासमेत गरेको अबस्थामा शान्ति प्रकृयाको अनुगमन गरिरहेको राष्ट्रसंघीय मिसन (अनमिन) लाई पनि सचेत गर्ने निर्णय मन्त्री परिषद्ले गरेको छ ।
'माओवादीले बृहत शान्ति सम्झौता विपरित कार्यहरु गर्दै गएकोमा सबै सुरक्षा अंगहरुलाइ उच्च सतर्कतामा रहन निर्देशन दिएका छौं' बैठक चलिरहेकै बेला बाहिरिएका सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री शंकर पोखरेलले संवाददाताहरुसंग भने, 'अनमिनलाई पनि सचेत गराउने निर्णय गर्र्यौं ।'
source:kantipuronline.com
सेनालाई उच्च सतर्क रहन निर्देशन:
चारै सुरक्षा प्रमुख मन्त्रिपरिषद बैठकमा
भोजराज भाट, काठमाडौं, कात्तिक १७- प्रधानमन्त्री माधवकुमार नेपालले आकस्मिक रुपमा चार वटै सुरक्षा अंगका प्रमुखलाई मन्त्रिपरिषद बैठकमा बोलाएका छन्। मन्त्रिमण्डलका राज्य र सहायक मन्त्रीहरुलाई समेत बोलाइएको बैठकले माओवादी आन्दोलनको समीक्षा गर्दै सेना सहित सबै सुरक्षा अंगलाई 'हाइएलर्ट'मा रहन निर्देशन दिएको छ।
आन्दोलन बारे रणनीति बनाउन गृहमन्त्रालयमा बैठक :
प्रधानमन्त्रीको आव्हानमा डाकिएको चारै सुरक्षा अंग प्रमुखको पाँच घण्टा लामो बैठक सकिए लगत्तै गृहमन्त्रालयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका उच्च अधिकारीको बैठक सुरु भएको छ। अपरान्ह ४ बजे सुरु भएको बैठकमा गृहमन्त्री भीम रावल सहित मन्त्रालयको शान्ति सुरक्षा महाशाखाका सबै कर्मचारी सहभागी छन्। बैठक माओवादी आन्दोलन केन्द्रित रहेको स्रोतले बतायो।
source:nagariknews.com