नयाँ संविधान नबनेसम्म खोटाङका दुई युवाले कपाल र नङ नकाट्ने तथा मासु नखाने भएका छन्।
हलेसी–२ का संजोक राई र खार्मी–४ का सुमन खत्रीले निर्धारित समयमा संविधान बनाउन दबाब दिन भन्दै यस्तो वाचा गरेका हुन्।
उनीहरुले समयै संविधान नबने सबै दलका प्रमुख नेताको विरुद्ध आन्दोलनका कार्यक्रम गर्ने जनाएका छन्। दुवै जना धनकुटा बहुमुखी क्याम्पस आएससी दोश्रो वर्षका विद्यार्थी हुन्। उनीहरुले प्रमुख दलका नेताको नाम नै किटान गरेर उनीहरुको पहिले पुत्ला दहन गर्ने बताएका छन्।
source:nagariknews