सफ्टवेयर चोरीबाट माइक्रोसफ्ट हैरान :

माइक्रोसफ्टको विन्डोज सेभन र अन्य लोकप्रिय सफ्टवेयरको नक्कली बिक्रीले कम्पनीले ठूलो नोक्सानी व्यहोरेको छ।
अमेरिकास्थित ८० भन्दा बढी मुलुकका सफ्टवेयर कम्पनीहरुको गैर व्यापारिक संस्था विजनेस सफ्टवेयर एलाइन्सले गरेको एक अध्ययन अनुसार सन् २००८ मा भारतमा नक्कली सफ्टवेयरको कारोवार (पाइरेसी) बाट २ अर्ब ७० करोड डलरको नोक्सानी भएको छ। त्यहाँ पाइरेसीको स्तर ६८ प्रतिशत रहेको अध्ययनले देखाएको छ।
माइक्रोसफ्टको सबैभन्दा लोकप्रिय मानिएको अपरेटिङ सिस्टम विन्डोज सभेनको भारतमा भएको पाइरेसीप्रति कम्पनीले चासो देखाएको छ। माइक्रोसफ्टले नक्कली कारोबार रोक्न भारतीय सरकारलाई दवाव दिँदै आएको छ।
माइक्रोसफ्टको पाइरेटेड भर्सनबाट पीडित भएका उपभोक्ताले कम्पनीमा दिने उजुको संख्या निक्कै बढेको छ। माइक्रोसफ्ट जेनुइन सफ्टवेयर इनिसिएटिभका निर्देशक विपुल पन्तका अनुसार भारतबाटमात्रै जनवरी यता २ हजार र विश्वका अन्य मुलुकबाट १ लाख ५० हजार जनाले नक्कली सफ्टवेवरुद्ध उजुरी दिएका छन्।
एक अनुमान अनुसार व्यक्तिगत कम्प्युटर सफ्टवेयरमा हुने पाइरेसीमध्ये १० प्रतिशतमात्र नियन्त्रण हुने हो भने भारतमा मात्रै ४४ हजार नयाँ रोजगारी उपलव्ध हुनसक्छ। यसबाट २० करोड डलरको राजश्व हासिल हुनसक्ने अनुमान छ।
भारतमा तीन करोडसँग व्यक्तिगत कम्प्युटर छ। यीमध्ये १ करोड इन्टरनेटसँग जोडिएका हुन्छन्। माइक्रोसफ्टले ७० देशमा पाइरेसीविरुद्धको अभियान सुर गर्ने तया गरिरहेको छ। यो अभियानसँगै पाइरेसीविरुद्ध कानुनी लडाईमा समेत कम्पनी उत्रने तयामा छ। माइक्रोसफ्टले यसअघि पाइरेसी विरुद्ध अभियान सञ्चालन गरेपनि खासै सफलता पाउन सकेको छैन।

source:nagariknews