छतबाट खसेर सात एमाले घाइते :

गोरखाको भालुस्वाँराबाट एमाले कार्यकर्ता बोकेर गोरखातर्फ आउँदै गरेको ना ४ ख २१३ नं. को बसको छतबाट खस्दा सात जना घाइते भएका छन्। तेह्र किलो बजारको मोडमा उनीहरु खसेका हुन्। खसेका १४ जनामध्ये सात जना सामान्य र एक जना गम्भीर घाइते भएका छन्।
घाइतेमध्ये मिरकोट घर भएका २७ वर्षीय अशोक गहतराजको अवस्था गभ्भीर रहेको जिल्ला अस्पताल, गोरखाले बताएको छ।
एमालेको पाँचौँ जिल्ला अधिवेशनका लागि गाउँगाउँबाट एमालले जिल्लामा कार्यकर्ता उतारेको छ। यसैगरी अन्य घाइतेमा महिन्द्र नेपाली, सुरेन्द्र पन्त, मिस्टर श्रेष्ठ, मोहन शाही, हरिकुमार श्रेष्ठ, चिजकुमार श्रेष्ठ छन्। उनीहरु सबै गाँखु गाविस नयाँ साँघुका हुन्। घाइतेलाई एमाले अध्यक्ष झलनाथ खनालले भेट गरी उपचारमा सहयोग गर्न जिल्ला अस्पताल गोरखालाई आग्रह गरेका छन्। रासस