पोखरामा विश्व कीर्तिमान :

पोखरामा प्याराग्लाडिङको एग्रो ब्याटिक्सतर्फनयाँ विश्व कीर्तिमान कायम भएको छ। स्पेनका एक नागरिकले नयाँ विश्व कीर्तिमान कायम गरेका हुन्। हिराकियो लोरेअसले ५ हजार ३ सय मिटरमाथिबाट जम्प गरी ८ मिनेटमा२सय ८१ पटक इन्सिमिटी टम्बलिङ (फनफनी घुमेर) नयाँ विश्व कीर्तिमान कायम गर्न सफल भएका छन्।
उनले शुक्रबार हेम्जानजिकै माछापुच्छ्रे भ्यालीमा हेलिकोप्टरबाट जम्प गरेर ८ मिनेटमा २ सय ८१ पटक टम्बलिङ गरेका थिए। सन् २००९ मा स्विजरल्यान्डका पाइलट चारगेल माउरेरले २ सय १० पटक इन्सिमिटी टम्बलिङ -फनफनी घुमेर) नयाँ विश्व कीर्तिमान कायम गरे पनि उनको कर्ीर्तिमनलाई लोरेअसले टिक्न दिएनन्। लोरेअस लोरेसल पोखरासँगै जोडिएको हेम्जा गाविसको आकाश माथिबाट हेलिकोप्टरबाट जम्प गरेका थिए।
पोखरामा भएको विश्व कीर्तिमानले पोखरालाई साहासिक खेल पर्यटनका रूपमा विश्वसामु चिनाएको छ। पोखराको पर्यटकीय सराङकोटमा बर्से आयोजना गरिने प्याराग्लाडिङ च्याम्पियनसिपमा विभिन्न्ा देशका दर्जनौं पाइटलहरू आउने गरेका छन्। पोखरा भएको विश्व कीर्तिमानले पर्यटन क्षेत्रलाई नयाँ गन्तव्यका रूपमा चिनाउने विश्वास पोखरेलीको छ।

source:samacharpatra