महाधिवेशनको म्यान्डेटमा पार्टी नगएको आरोप लगाउँदै नेकपा (एकीकृत)को एक समूह विधिवत रूपमा विभाजन हुने भएको छ। संस्थापन पक्षको केन्द्रीय समिति बैठक भइरहेको बेला पूर्व सांसद नवराज सुवेदीको समूहले बुटवलमा भेला गरी समानान्तर समिति गठन गरेको छ। एकताकेन्द्र-मसाल तीन चिरापछि गठित एकीकृत बहुमत जिल्ला सहित सुवेदीको समूहमा सामेल भएको छ। उक्त समूह एकीकृत माओवादीसँग एकता गर्ने तयारी भएको छ। स्रोतका अनु बसेर एकता गर्ने भनि लिखित सहमति भइसकेको छ।संस्थापन पक्षका महासचिव रामसिंह श्रीसले भने सुवेदी र उनलाई साथ दिने अर्का केन्द्रीय सदस्य तेजप्रसाद कँडेललाई निस्कासन गरिएको दाबी गरेका छन्। संस्थापन पक्षसँग अन्य केन्द्रीय सदस्यहरु पनि असन्तुष्ट रहे पनि सुवेदीको समूहमा गएका छैनन्।सुवेदी समूहको भेला समितिमा राखिएका केन्द्रीय सदस्य भारत लामिछानेले असहमति जनाएका छन्। उनले एकीकृतमै रहेर कम्युनिस्ट आन्दोलनलाई धु्रवीकरण गर्ने बताएका छन्।
source:nagariknews