नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमाक्षेत्रमा ठूला व्यापारिक केन्द्र बनाउन दुई देशबीच सहमति भएको छ । साथै चीनले नेपालसंग राजनीतिक तथा व्यापारिक सम्बन्ध अभिवृद्धि गर्ने प्रतिबद्धता पनि गरेको छ ।
प्रधानमन्त्री माधवकुमार नेपालको छ दिने औपचारिक भ्रमणका क्रममा जारी संयुक्त प्रेस वक्तव्यमा दुई मुलुकबीच सीमा क्षेत्रमा ठूला व्यापारिक परियोजना निर्माण गर्ने सहमति उल्लेख गरिएकेा छभने चीनले सहयोगमा बृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । चीनले नेपालसाग भन्सार शुल्क घटाउने, कृषि विशेषज्ञलाई तालिम दिनेलगायतका बिषयमा प्रधानमन्त्री नेपालको जारी पहिलो औचापरिक भ्रमणका क्रममा जारी वक्तव्यमा उल्लेखित सहयोग गर्ने प्रस्ताव राखेको हो । जमिन तथा हवाई सम्पर्कसम्बन्धी सुधार गर्न र गरिबी न्यूनीकरणका क्षेत्रमा विशेषज्ञता आदानप्रदान गर्न दुवै देश सहमत भएका छन् । चिनियाा पक्षले नेपालमा जलविद्युत निर्माण, भौतिक पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, मानवसंसाधन विकासलगायत अन्य क्षेत्रमा आवश्यक सहयोग र सहायता प्रदान गर्ने भएको छ ।नेपालको आर्थिक-सामाजिक विकासका क्षेत्रमा चिनियां सहयोग परियोजनाप्रति दुवै देशले प्रशन्नता व्यक्त गरेका छन् ।
नेपालको विद्यमान सङ्क्रमणकालीन अवस्थामा लगातार वृद्धि हुंदै गएको चिनियां सहयोग नेपाल र नेपाली जनताका पक्षमा उल्लेखनीय रहने विज्ञप्तिमा उल्लेख छ । सन् १९५५ मा कूटनीतिक सम्बन्ध कायम भएको छिमेकी मुलुक नेपाल र चीनबीच दिगो मैत्रीमा आधारित विस्तृत सहयोग एवम् साझेदारीका आधारमा द्विपक्षीय सम्बन्ध अझ सुमधुर र घनिष्ट तुल्याउने निर्णय भएको छ ।विशेषगरी सूचना प्रविधि, व्यापार प्रवर्द्धन, लगानी एवम् आर्थिक सहयोग, यातायात, कृषि, भौतिक पूर्वाधार निर्माण र गरिबी न्यूनीकरणका क्षेत्रमा सहकार्य गर्न दुवै देश प्रतिबद्ध रहेको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।
source:kantipur