माओवादी दरबार घेराउ गर्नुपर्छ :

सामान्य प्रशासनमन्त्री रवीन्द्र श्रेष्ठले नयाँ संविधान निर्माणमा अवरोध पुर्‍याउने माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उनको पार्टीको दरबार घेराउ गर्न तयार रहन आह्वान गरेका छन् । भक्तपुरको सिरुटारमा शनिबार एमालेको सातौ सिरुटार गाउँ अधिवेशनको उद्घाटन गर्दै उनले दाहालले नागरिक सर्वोच्चताको नाममा नयाँ संविधान बन्न नदिने एवम् संविधानसभा विघटन गर्ने षडयन्त्र गरेको आरोप लगाए । माओवादीले सदन चल्न नदिएर संविधान लेखनमा बाधा पुर्‍याएको बताउदै उनले अहिले दाहाल नै संविधान बन्न नदिने अभियानमा लागेको बताए । प्रधानमन्त्री हुन नपाए कार्यकर्ताबाटै लखेटिने निश्चित भएपछि माओवादीभित्र राजा बनेर रहेका दाहालले प्रधानमन्त्री पाउन नागरिक सर्वोच्चताको आन्दोलन गरेको मन्त्री श्रेष्ठको भनाइ थियो ।
उनले अब माओवादीको भण्डाफोर अभियानमा लाग्नुपर्ने बताउदै संविधान लेखनमा दबाब दिनुपर्ने बताए ।

source:kantipur