नेपालद्वारा विश्वको ध्यानाकर्षा / अन्तर्राष्ट्रिय सहयोग र र्समर्थन आहवान :

(कोपनहेगन, डेनमार्क) संसारकै सबैभन्दा सुखी राष्ट्र डेनमार्कको राजधानी कोपनहेगनमा भइरहेको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-१५) मा बुधबार बोल्दै सम्भवतः अहिले विश्वकै सबैभन्दा दुःखी राष्ट्र नेपालका प्रधानमन्त्री माधवकुमार नेपालले नेपाललाई कार्बन न्युट्रल मुलुक बनाउन सक्ने सम्भावना भएकाले ठूलो मात्रामा अन्तर्राष्ट्रिय सहयोग र र्समर्थनका लागि आहवान गर्नुभयो।
यही वर्षपान्सको राजधानी पेरिसस्थित विश्वका ३० वटा प्रजातान्त्रिक सरकार भएका राष्ट्रहरूको समूह आर्थिक सहयोग एवम् विकास संगठन (ओईसीडी) ले र्सार्वजनिक गरेको प्रतिवेदनमा विश्वका सबैभन्दा सुखद देशको स्थानमा डेनमार्क प्रथम रहन सफल भएको थियो।
जलविद्युत् तथा सौर्य एवम् वायु ऊर्जाका क्षेत्रमा नेपालको ठूलो सम्भाव्यतालाई दृष्टिगत गर्दा नेपाललाई कार्बन न्युट्रल बनाउन सक्ने सम्भावना भएको विचार प्रधानमन्त्री नेपालको थियो। सो सम्मेलनमा सगरमाथा आधार शिविरमा बसेको मन्त्रिपरिषद्को बैठकले हालको २० प्रतिशतको संरक्षित प्राकृतिक आरक्षण क्षेत्रलाई विस्तार गरी २५ प्रतिशत र वनक्षेत्रलाई मुलुकको कुल क्षेत्रफलको ४० प्रतिशतसम्म पुर्याउने निर्णय गरेको जानकारी प्रधानमन्त्री नेपालले गराउनुभयो। नेपालले विश्वकै र्सवाधिक प्रभावकारी सामुदायिक वन कार्यक्रमहरू विकसित गरेको चर्चा गर्दै विश्वव्यापी तापक्रम वृद्धिमा नेपाललगायत अन्य देशका हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसहरूको योगदान नरहे पनि जलवायु परिवर्तनको पहिलो र गम्भीर शिकार उनीहरू हुनुपर्ने अवस्थाप्रति विश्वको ध्यानाकर्षा गराउनुभयो। समस्त नेपाली जनताको तर्फाट सन्देश भन्दै प्रधानमन्त्रीले भन्नुभयो- ँहाम्रो धर्तीलाई हामी हराभरा राखौं ताकि हिमालय, आल्पस र एन्डिज पर्वतमालाका शिखरहरू सदा हिउँले सेताम्य रहुन् र हाम्रा नातिपनातिहरूले पनि तिनको आरोहण गर्न र प्रशंसा गर्न पाइरहून्।’