मेसी र मार्टा वर्षका फुटबलर :
जुरिच/ महान् खेलाडी बन्ने अभियानमा लियोनल मेसीले सोमबार फिफा वर्ष खेलाडीको अवार्ड जितेका छन् । उनले आपनो क्लब बार्सिलोनालाई गत सिजनमा सफलतापूर्वक तीनवटा स्पेनी र युरोपेली उपाधि दिलाएर अवार्डका लागि आफूलाई योग्य बनाएका थिए । गत दुई संस्करणका विजेता क्रिस्टियानो रोनाल्डो र काकालाई सहजै पछि पार्दै सोमबार जुरिचमा आयोजित कार्यक्रममा मेसीले सो अवार्ड ग्रहण गरे । राष्ट्रिय टोलीका कप्तान तथा प्रशिक्षकहरूको मतदानमा यिनले आप\mनै क्लबका जेभी हर्नान्डेज र आन्द्रेज इनिस्टालाई पनि पछि पारे । बार्सिलोनालाई स्पेनी लिग र कपका साथै च्याम्पियन्स लिगको उपाधि जिताउन योगदान दिएकै कारण मेसीले उत्कृष्ट युरोपेली खेलाडीका रूपमा बालोन डि ओर पनि जितेका छन् । यस्तै, शनिबार क्लबलाई पहिलो क्लब विश्वकप जिताउने क्रममा उनकै एक गोलको मद्दतबाट बार्सिलोनाले इस्टुडियन्टलाई २-१ ले हरायो । अर्जेन्टिनाका २२ वषर्ीय मेसीको खातामा अब विश्वकप उपाधिको मात्र कमी छ ।'यो सुन्दर उपलब्धि हो तथा योभन्दा बढी उपलब्धिको आशा गर्न पनि सकिँदैन,' मेसीले भने । साथै, उनले फिफाको अवार्डलाई 'केकमाथिको चिसो' को संज्ञा पनि दिए । गतवर्ष सो अवार्डको उपविजेता रहेका मेसीले मतदानमा १ हजार ४७ अंक पाए भने दोस्रो रहेका रोनाल्डोले ३ सय ५२ अंक मात्र पाए । यस्तै जेभीले १ सय ९६ अंक पाए ।