माओवादी मिश्रति चरित्रको झुन्ड रहेछः खनाल :

सत्तारुढ दल नेकपा -एमाले प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा (माओवादी) प्रति आक्रामक भएर प्रस्तुत हुने भएको छ।
एमाले सल्यान जिल्ला कमिटीको अधिवेशनको बन्द सत्रमा माओवादीका कार्यकर्ताहरू प्रवेश गरी एमालेका नेता कार्यकर्तामाथि सांघातिक आक्रमण गरेपछि एमाले माओवादीप्रति आक्रामक देखिएको हो। पार्टीध्यक्ष झलनाथ खनालले सोमबार पार्टीेन्द्रीय कार्यालयमा पत्रकार सम्मलेलन गरी माओवादी उदण्ड, अराजक र असहिष्णु देखिएको मात्र नभई गैरराजनीतिक क्रियाकलापमा लागेको आरोप लगाउनुभएको छ। उहाँले माओवादी एकातिर आक्रमणको नीति बनाउँछ अर्कोतिर सहमति गर्ने कुरा गर्नुले माओवादी मिश्रति खालको चरित्र बोकेको एउटा झुन्ड बनेको बताउनुभयो। महासचिवर् इश्वर पोखरेल, नेताहरू युवराज ज्ञवाली, अमृत बोहरा, प्रकाश ज्वालालगायतका नेताहरू र सल्यानमा घाइते भएका कार्यकर्ताको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा माओवादीले सल्यानको अधिवेशनमा खुँडा, खुकुरी, भाला, रड, हथौडा, ग्रिनेड, लाठीसहित थुपै्र घरेलु हतियारबाट एमाले नेता कार्यकर्तामाथि आक्रमण गरेको जानकारी गराइयो। एमालेले आक्रमणका बाबजुद पनि अधिवेशन सम्पन्न भएको र लोकबहादुर डाँगीको नेतृत्वमा नयाँ जिल्ला कमिटी निर्माण भएको जनाएको छ। नवनिर्वाचित अध्यक्ष डाँगीको टाउकामा खुकुरीले हानेर ठूलो घाउ बनाइएको छ भने प्रकाश ज्वाला, उदय बोहरा, गोविन्द पुन, जितबहादुर पुन, उत्तम र्घर्ती, टोपबहादुर चन्द, जितबहादुर चलाउनी, शान्ता हमाल, हरि केशी, बेलबहादुर चन्दसहित दर्जनौं नेता कार्यकर्ता गम्भीर घाइते हुनुभएको पत्रकार सम्मेलनमा जानकारी गराइयो। माओवादी कार्यकर्ताले आधा दर्जन मोटरसाइकल, एक दर्जनभन्दा बढी मोबाइल सेट, ३ लाख नगद, औंठी र क्यामेरासमेत लुटेर लगेको जनाइएको छ। माओवादी सल्यान जिल्ला इन्चार्ज भीमप्रकाश शर्मा, जिल्ला सेक्रेटरी टीकाराम ओली, जिल्ला सह-इन्चार्ज कर्ण्र् बाहदुर बुढाथोकीको निर्देशानमा वाईसीएलका केन्द्रीय सचिवालय सदस्य चन्द्रबहादुर खड्का, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष दुर्गा बुढाथोकीको नेतृत्वमा एमाले अधिवेशनमा माथि माओवादीका उदण्ड कार्यकर्ताहरूले हमला गरेको बताइएको छ।
सो आक्रमणका सर्न्दर्भमा पार्टीोलिटब्युरो बैठकले सल्यानमा पुस १६ गते वरिष्ठ नेताहरूको उपस्थितिमा विशाल विरोधसभा गर्ने र अन्य ठाउँमा पनि विरोधसभा गरी माओवादी ज्यादतिको भण्डाफोर गर्ने निनिर्णय गरेको छ।

source:samacharpatra