दुवईमा दुई नेपालीको हत्या/एकलाई अदालतमै छुरा प्रहार गरिएको थियो :

संयुक्त अरब इमिरेट्स (युएई) को राजधानी अबुधावीस्थित एक क्याटरिङ कम्पनीमा काम गर्ने दुई नेपालीको हत्या भएको छ । उनीहरुलाई सोही कम्पनीमै कार्यरत एक इजिप्सियनले छुरा प्रहार गरी हत्या गरेको अवुधावीस्थित नेपाली दुतावासले जनाएको छ । हत्या हुनेमा स्याङ्जाका करीव ३५ वषिर्य रेशमीलाल कुँबर र तनहुँका करीव २५ वर्षका शिब बस्नेत छन् । अभियक्त ईजिप्सियनले बस्नेतलाई कोठामा सुतिररहेको अबस्थामा विहान आठ/ नौ बजेतिर र कुँबरलाई स्थानीय अदालतमा मुद्दाको सुनुवाई भईरहेको अबस्थामा पौने १२ बजे हत्या गरेका थिए । करिव ६ महिना पहिला ती इजिप्सियनले कुँवरको आँखा फुटाई दिएको घटनामा उनीहरु काम गर्ने ठाउँ मदिनात जायदस्थित अदालतमा मुद्दा चलिरहेको बेला उनले छुरा प्रहार गरेका थिए । न्यायाधिसले ईजिप्सियनविरुद्ध सजायँ सुनाएपछि उनले कुँबरमाथि छुरा प्रहार गरी हत्या गरेको घटनाका प्रत्यक्षदर्शी ललितपुर कुपण्डोलका अमित श्रेष्ठले इकान्तिपुरलाई बताए ।'एक पटक छुरा हान्नसाथ कुँबर भागे । तर, पछि पछि गएर फेरी छुरा प्रहार गरी हत्या गर्‍यो' श्रेष्ठले भने । बस्नेतको हत्या गरेको विषयमा कुँबरको हत्या भएपछि मात्र थाह भएको थियो । घटनाको अध्ययन गरेर फर्केका अवुधावीस्थित दुतावासका द्धितीय सचिब लोकबहादुर क्षेत्रीले कानुनी प्रकृयाको लागि दुतावास लागेको बताए ।
घटनास्थल राजधानी अबुधावीबाट एक सय ७० किलोमिटर टाढा लिवा पुल नजिक पर्छ । मृतकहरु कार्यरत लिवा पुल नजिक मदिनात जायदस्थित क्याटरिङ कम्पनीमा अन्य एक सय भन्दा बढी नेपाली कार्यरत रहेको दुतावासको भनाई छ । अभियुक्त ईजिप्सियनलाई प्रहरीले पक्राउ गरेको छ । युएईमा हत्या गर्नेलाई फाँसी दिने गरिन्छ ।

source:kantipur