कोपनहेगनमा दिन दिनै होटल फेर्दै मन्त्री बोहरा :

कोपनहेगन (डेनमार्क), २०६६ पुस १ - जलवायु परिवर्तनको फोकल मन्त्रालय वातावरण मन्त्रालय भएपनि कोपनहेगनमासमेत वातावणमन्त्री ठाकुरप्रसाद शर्मा भन्दा बढी हाबी भएका वनमन्त्री दीपक बोहरा दिन दिनै होटल फेर्दै बस्ने गरेका छन् । उता, वातावरणमन्त्री शर्मा भने जलवायु परिवर्तन सम्मेलन भईरहेको बेलासेन्टर नजिकको एक साधारण होटलमा आफ्नै मन्त्रालयका अधिकारीसंग एउटै कोठामा सामूहिक बसेका छन् । मन्त्री शर्मासंगै बसेका एक सह सचिवका अनुसार उनको कोठामा दुईवटा बेड पनि मुश्किलले अटाएको छ । वातवारणमन्त्री भन्दा तीन दिन अघि काठमाडौंबाट पर्वतारोही र संचारकर्मीसहित ५१ जनाको टोली लिएर कोपनहेगनकालागि निस्किएका वनमन्त्री बोहराले कोपनहेगनको बसाईमा मात्रै चार वटा होटल परिवर्तन गरिसकेका छन् ।
कोपनहेगन मात्रै होइन उनले नर्वेका होटलसमेत भ्याइसकेका छन् । १९ मंसिरमा घोषणा गरिएको दोलखा र रामेछापमा फैलिएको गौरीशंकर संरक्षण क्षेत्रमा कार्यक्रम संचालन गर्न आवश्यक आर्थिक सहयोग खोज्ने बहाना बनाएर उनले आईतबार नर्वे भ्रमण गरेका छन् । बोहराले नर्वेका वातावरण र अन्तराष्ट्रिय विकासमन्त्री इरिक सोल्हेमसंग आर्थिक सहयोगको प्रस्ताव राखेको भएपनि नर्वे सरकारले तत्काल सहयोग रकम दिन अस्विकार गरेको स्रोतले बतायो ।
चार दिनको कोपनहेगन बसाईमा उनले चार तारे होटलदेखि सुविधासम्पन्न होटलमा बसिसकेका छन् । उनले यहाFको चार तारे स्क्यान्डिक, सुविधासम्पन्न वेक अप कोपनहेगन, कोङ अर्थरलगायतका होटल चहारिसकेका छन् ।
बोहरा आम्स्टर्डमदेखि कोपनहेगन आएकै दिन आरोहीहरुलाई कोपनहेगनको रेड एरियास्थित तल्लो स्तर -थर्ड क्लास_ को होटलमा राखेर आफू र आफ्ना परिवारसहित चारतारे होटल स्क्यान्डिकमा बसेका थिए । त्यसको आरोही र मार्च पासमा भाग लिन आएका सहभागीले विरोध गरेका थिए ।
बोहरा भने काठमाडौं फर्किएपछि सबै खर्च सार्वजनिक गर्ने बताउछन् । उनले कोपनहेगन बसाईको सम्पूर्ण खर्च आफ्नो नीजि भएको दाबी गरे । …स्क्यान्डिक होटलमा मात्रै कबिर साढे सात लाख -१० हजार डलर_ मैंले पर्सनल तिरेको हु,Ú उनले संचारकर्मीसित दाबी गरे, मेरा परिवारको सबै खर्च आफैंले व्यहोरेको छु ।Ú सम्मिटर्स सम्मिटको बहानामा उनले नाती, भतिजि, ५ जना पिए र आफू निकटक व्यक्तिलाईसमेत घुमाएर काठमाडौं फर्काएका छन् ।

source:kantipur