बम खेलाउँदा विनाश / तीनको मृत्यु तीन घाइते :

(भण्डारा, चितवन) बम नचिनेर चलाउँदा भएको विस्फोटमा परी चितवनको भण्डारामा आइतबार बिहान पाहुना आएका एक बालकसहित एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। भण्डारा-८, सुन्दरबस्तीस्थित जानुका र्राईको घरमा बिहान करिब सवा दश बजे शक्तिशाली बेबारिसे बम विस्फोट भएको थियो। उक्त बम केही समयअघि तालिमका बेला बस्तीनजिकैको जंगलबाट हराइरहेको ँटु इन्च मोर्टा भएको घटनास्थलनजिकै पर्ने सशस्त्र प्रहरीको गढीमाई गण भण्डाराले पुष्टि गरेको छ। विस्फोटमा परी ४५ वषीया जानुका र्राई र उनकी १८ वर्षी छोरी राममाया तथा मकवानपुर हटियाबाट पाहुना आएका १४ वषर्ीय बालक राजकुमार र्राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। मृतक जानुकाका छोराहरू २२ वर्षा रामकुमार र नौ वर्षा अरविन तथा मकवानपुरबाट पाहुना आएका २९ वर्षा भाइ बालकृष्ण र्राई घाइते छन्। तीमध्ये रामकुमारको अवस्था गम्भीर छ। उनलाई मेडिकल कलेज शिक्षण अस्पताल भरतपुरबाट थप उपचारका लागि काठमाडांै पठाइएको र अन्य दुइको सोही अस्पतालमा उपचार भइरहेको छ। जानुका र्राईको सात जनाको परिवार थियो। उनका श्रीमान् दुइ वर्षेखि कतारमा छन्। १२ कक्षाको पढाइ सकेकी छोरी रमा र सात कक्षामा पढ्दै गरेका छोरा नवीन स्कुल गएकाले जोगिएका छन्। घरनजिकैको राष्ट्रिय प्राविमा अभ्यास शिक्षण गर्न गएकी रमाले विस्फोटको आवाज सुनेर हेन आउँदा कहालीलाग्दो दृश्य देखेकी थिइन्। विस्फोट भएको बमको अवशेष हेरेपछि गढीमाई गण भण्डाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक उत्तम थनेतले आफनो गणबाट त्यस्तै प्रकारका दुइवटा टु इन्च मोर्टर हराइरहेको भए पनि अनुसन्धानपछि मात्र यथार्थ पत्ता लाग्ने बताए। स्थानीय चन्द्रमाया र्राईका अनुसार उक्त बम मृतक जानुका छोराहरू नवीन र अरविनले गत भदौमा जंगलमा च्याउ खोज्न जाँदा फेला पारी घर ल्याएका थिए। ँमदानी आकारको फलाम थियो। बच्चाहरूले कहिलेकाहीँ आँगनमा लिएर खेलाएको देख्थेँ। ट्रयाक्टरबाट खसेको फलाम होला भनेर वास्ता गरिन। त्यति ठूलो बम पो रहेछ’ -उनले पत्रकारहरूसँग भनिन्।'घटनास्थलमा एउटा हथौडा पनि भेटिएकाले सोमबार खेल्ने क्रममा हथौडाले हिर्काएपछि उक्त मोर्टा विस्फोट भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। विस्फोटका बेला दुइ किलोमिटर टाढासम्म जमिन थर्किने गरी आवाज आएको स्थानीय बासिन्दाले बताए।


source:samacharpatra