माओवादीबाट मन्त्रीलाई हत्या गर्ने प्रयास :

स्थानीय प्रशासनको लापरवाहीले संघीय मामिला, संसदीय ब्यवस्था, संबिधानसभा तथा संस्कृति मन्त्री मिनेन्द्र रिजालमाथि माओवादीले हत्या गर्ने प्रयासस्वरुप सुयोजित आक्रमण गरेको कांग्रेस उदयपुरले आरोप लगाएको छ ।
मन्त्री रिजालमाथि मंगलबार बिहान भएको आक्रमणपछि साँझ पत्रकार सम्मेलन गर्दै कांग्रेस जिल्ला सभापति नारायण कार्कीले १० मिटरको दुरीमा पनि सुरक्षा दिन नसक्ने स्थानीय प्रशासनको लाचारी र बेइज्जती पूर्ण कार्य भएको वताए । कांग्रेसले माओवादीले चोर शैलीमा कालो झण्डा लगाएको डण्डाले प्रहार गरि मन्त्री रिजाल, सभासद लक्ष्मी परियार, र उदयपुर कांग्रेस सभापति कार्कीमाथि आक्रमण गरेको ठहर गरेको छ ।कांग्रेसले मंगलबार नै विज्ञप्ती जारी गर्दै माओवादीले अमानवीय शैलीमा जंगली तरिकाले आक्रमण गरेको जनाएको छ । स्थानीय प्रशासनको कमजोरीका कारण घटना घटेको र मन्त्री रिजालमाथि आक्रमण हुदाँसम्मपनि स्थानीय प्रशासन मुकदर्शक बनेर बसेको विज्ञप्तीमा भनिएको छ ।प्रशासनले सुरक्षा स्थितिमा देखाएको लापरबाही र बेवास्ता नै घटनाको प्रमुख कारण भएको काग्रेसद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । ुपार्टीले गरेको सहनसिलता र धैर्यतालाई कमजोरी ठानी जुन गलत कार्य भएको छ,ु बिज्ञप्तीमा लेखिएको छ, 'त्यसप्रति कांग्रेस घोर आपत्ती, भत्र्सना एवं खेद व्यक्त गर्दछ ।'विभिन्न कार्यक्रममा सहभागी हुन यहाँ आएका मन्त्री रिजाललाई प्रेस युनियनले बिहान गरेको पत्रकार सम्मेलनबाट बाहिरिदै गर्दा माओवादी कार्यकर्ताहरुले कालोझण्डा देखाउँदै आक्रमण गरेका थिए ।

source:kantipur