माओवादी पोलिटब्युरो बैठकले राजनीतिक दलहरुले विदेशी शक्तिको आडमा राज्य सञ्चालन गरेको र यही कारण राष्ट्रियता सङ्कटमा परेको ठहर गरेको छ। यही बुँदासहितको अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन बैठकले पारित गरेको छ। अबको आन्दोलन राष्ट्रियतासँगै लोकतन्त्रका लागि हुने निर्णय गर्दै बैठकले राष्ट्रिय आत्मसर्मपणबाट मुक्ति र विनाविदेशी हस्तक्षेप राज्य सञ्चालन गर्न पाउनुपर्ने निष्कर्ष पनि निकालेको छ। प्रवक्ता दीनानाथ शर्माका अनुसार बैठकले शान्ति प्रक्रिया, संविधानसभा, नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाभिमानमा जोड दिएको थियो। दिउसो ३ बजेदेखि माओवादी केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। यसले आन्दोलनका नयाँ कार्यक्रम घोषणा गर्ने जानकारी यसअघि नै दिइसकिएको छ।
source:nagariknews