भारतसँग सिमा जोडिएका सिराहाको ५३ वटा सिमा स्तम्भ गायब भएको तथ्य सार्वजनिक भएको छ। यहाँ रहेको कुल २ सय ८१ सिमा स्तम्भ मध्ये ५३ वटा सिमा स्तम्भ गायब भएको हो। सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय, सिराहाको तथ्यांक अनुसार कुल २ सय ८१ सिमा स्तम्भ मध्ये ५३ वटा सिमा स्तम्भ गायव भएको छ भने ८५ वटा सिमा स्तम्भ मर्मत सम्भारको अभावमा जीर्ण बनेको छ ९ वटा सिमा स्तम्भ भत्किएको अवस्थामा रहेको सिमा सुरक्षा बलका प्रमुख रबिन्द्र ठाकुरले बताए।यहाँको दक्षिणी सिमावर्ती क्षेत्र अन्तर्गत पूर्वमा ठाढीदेखि पश्चिममा माडरसम्म ४२ किलोमिटर क्षेत्रफलमा नेपाली सिमा रहेको छ।यहाँको दशगजा क्षेत्र मिचेर भारतीयहरुको बस्ती बसेको छ भने कष्टम कार्यालय पनि दशगजा क्षेत्र भित्रै रहेको सिमा सुरक्षा कार्यालयले जनाएको छ।माडर गाबिसको इनरवा टोलमा भारतीय पक्षबाट दशगजा अतिक्रमण गरी टहरा निर्माण गरी भारतीयहरुको बसोवास भैरहेको छ।माडरको लचका टोल नजिक दशगजा अतिक्रमण गरि भारतीयहरुले केरा खेती गरिरहेको र लगडीगोठ नजिकको सम्पुर्ण दशगजा क्षेत्र अतिक्रमण गरीएको छ भने लगडीगदीयानी देखि सन्हैठा सम्मको दशगजा क्षेत्र पनि पूरै अतिक्रमण गरी भारतीयहरुले खेती गरिरहेको कायालयले जनाएको छ।यसैगरी पूर्वमा आभेनगरदेखि ठाढीसम्मको दशगजा क्षेत्रभित्र भारतीयहरुले फुसको घर बनाएर बस्ती बसाएको छ भने ठाढीकै दशगजा क्षेत्र भित्र भारतीय कष्टम कार्यालय रहेको छ।ठाढीका स्थानीय बुद्धिजीवी कन्हैयालाल भट्टका अनुसार भारतले दशगजामा कष्टम कार्यालय राखेको वर्षौ भैसक्यो तर, कुनै निकायले यसप्रति चासो ब्यक्त गरेन। पहिला कष्टम कार्यालय राखे अनि बिरोध नभएपछि बिस्तारै पुरै दशगजामा बस्ती नै बसाउन लगाए, उनले भने।दशगजा क्षेत्र अतिक्रमण र सिमा स्तम्भ गायव भएको विषयमा भारतीय सुरक्षा अधिकारीसँगको छलफलमा उनीहरु उदासिन पाइएको सशस्त्र प्रहरी उपरीक्षक रबिन्द्र ठाकुरले बताए।सिमा स्तम्भ नै गायब भएपछि यस क्षेत्रमा भारतीयहरुको बसोवास बढ्न थालेको छ।लगडीगोठमा सिमास्तम्भ गायब भएपछि ३५ घर भारतीय परिवारले नेपाली भूभागमा बसोवास थालेको छ। बरियारपटी नजिक रहेको २५३ नम्बरको सिमास्तम्भ ७ मिटर नेपाली भूमितर्फ सारिएको छ।
s0urce - nagariknews