रुपन्देही, २०६६ पुस २८ - चौथो चरणको आन्दोलन अन्तर्गत सीमा क्षेत्रको अवलोकनका गर्न रुपन्देहीको खुर्दलोटन पुगेका माओवादी महासचिव रामबहादुर थापा सहितको टोलीलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले त्यस क्षेत्रको निरीक्षण गर्न रोक लगाएको छ ।एसएसबीले रोक लगाएपछि थापा सहितको टोली नेपाली भूमिबाटै खुर्दलोटन बाँधको अवलोकन गरेर फर्किएको छ । बाँध निरीक्षणका लागि थापा सहितको टोली त्यहा पुग्ने जानकारी पाए लगत्तै बाँध क्षेत्र र नेपाल-भारतबीचको दश गजा क्षेत्रमा व्यापक रुपमा भारतीय सुरक्षाकर्मी तैनाथ गरिएका थिए ।भारतीय सुरक्षाकर्मीले समाचार संकलनका लागि त्यहा पुगेका संचारकर्मीमाथि पनि दुब्र्यबहार गरेका छन् । बाँध निरीक्षणपछि संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै थापाले भारतसँग भएका असमान सन्धि, सम्झौता खारेज नभएसम्म आन्दोलन जारी रहने बताए । आफ्नो आन्दोलन भारतलाई चिढ्याउन तथा सत्ताप्राप्तिका लागि नभएको उनले स्पष्ट पारे ।
source:kantipur