झापा, दमकको बेलडाँगी भुटानी शरणार्थी शिविरबाट महिना दिनअघि अमेरिका पुनर्वास भएका एक शरणार्थीले आत्महत्या गरेका छन्। अमेरिकाको पिटसवर्गमा पुनर्वास भएका ६० वर्षीय जितबहादुर प्रधानले गत शुक्रबार झुन्डिएर आत्महत्या गरेका उनका परिवारजनले जनाएका छन्।आत्महत्याको कारण नखुले पनि व्यक्तिगत निराशाका कारण उनले आत्महत्या गरेको हुनसक्ने बताइएको छ।प्रधानसहित छजनाको परिवार बेलडाँगी- ३ सेक्टर ई- १ छाप्रो ४० बाट गएको मङ्सिर दोस्रो साता त्यहाँ पुनर्वास गएका हुन्। रासस
source:nagariknews