माओवादी शीर्ष नेताहरु सीमा क्षेत्रमा /विदेशीसँग घुँडा टेकेर सिंहदरवारमा बसेको अब सह्य हुँदैनः दाहाल :

माओवादीले आज सीमा क्षेत्रका तीन स्थानमा जागरण सभा गर्दैछ । राष्ट्रिय स्वाधीनताका पक्षमा जनतालाई जागृत पार्न भन्दै उसले चौथो चरणको कार्यक्रम अन्र्तगत सीमा मिचिएको स्थानमा सभा गर्न लागेको हो ।सभालाई सम्वोधन गर्न माओवादीका शीर्षस्थ नेताहरु ति स्थानमा पुगिसकेका छन् । अध्यक्ष पुष्पकमल दाहाल महाकालीमा, उपाध्यक्ष बावुराम भट्टराई नवलपरासीको सुस्ता र उपाध्यक्ष मोहन बैद्य इलामको पशुपतिनगर पुगेका छन् ।दाहालले टनकपुर नजिकैको ब्रम्हदेवमा निरीक्षण गरेका थिए । उनले अपरान्ह महेन्द्रनगरमा आयोजित सभालाई सम्वोधन गर्दैछन् ।अघिल्लो साता बसेको माओवादी केन्द्रीय समितिको बैठकले विभिन्न पाँच स्थानमा जागरण सभा गर्ने निर्णय गरेको थियो । उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव रामबहादुर थापा रुपन्देहीको खुर्दलोटनमा मंगलबार हुने कार्यक्रममा सहभागी हुदैछन् ।यसैबीच, माओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि मिचिएका सीमा फिर्ता गर्ने लडाइमा अन्तसम्म लडन पुरै देश उठनुपर्ने बताएका छन् । सोमवार कञ्चनपुरको विवादास्पद ब्रम्हदेव सीमाक्षेत्रको अवलोकनपछि ब्रह्मदेव बजारमा आयोजित कोणसभामा बोल्दै उनले विगतका सामन्ती शासक राज्य चलाउने पार्टी र नेताहरु बाट नेपाली जनताले पटक पटक बिश्वासघात र धोका पाएको उल्लेख गर्दै बिदेशी प्रभुका अगाडी घुंडा टेक्नेका बिरुद्ध लडने जिम्मेवारी नेपाली जनताले माओवादी पार्टीलाइ दिएको बताए ।उनले बिगतका शासकहरुको जस्तो बिदेशी संग घुंडा टेकेर सिंहदरवारमा बस्ने परम्परा अव सह्य नहुने बताए । राष्ट्र र जनताप्रति माओवादीको जिम्मेवारी बढेको बताउदै उनले राष्ट्रियता र राष्ट्रिय स्वाधिनता रक्षाको कुरा अघि सारेर माओवादीलाई नेपाली जनताले अझ ठूलो बोझ बोकाएको बताए ।उनले राष्ट्रियता र स्वाधिनता जोगाउने माओवादीको उदघोष बिदेशी संग लडने र भूमि कव्जा गर्नका लागि नभइ नेपाली राष्ट्रियतामाथि कसैलेकुदृष्टि नराखोस भन्नका लागि भएको स्पष्ट पारे ।भारतले ब्रह्मदेव नजिकै निर्माण गरेको टनकपुर जल बिद्युत परियोजनाको नेपाली भूभागमा रहेको तटबन्धको अवलोकनका बखत अध्यक्ष दाहाललाई स्थायी कमेटी सदस्य लिलामणी पोखरेलले उक्त क्षेत्रमा भारतले मिचेको नेपाली भूभागको नक्सा देखाएर बि्रफिंग गरेका थिए ।कोणसभामा ब्रह्मदेवका तीन जना स्थानिय बृद्धले भारतले बिगत देखि हालसम्म कुनु कुन ठाउमा सीमा मिचेकोछ भन्ने बारे जानकारी गराएका थिए । सीमाक्षेत्रको अवलोकनको क्रममा उनले आजै गड्डाचौकी नजिक नेपाल - भारत सिमा क्षेत्रको पनि निरीक्षण गरेका थिए ।

source:kantipur